काठमाडौँ: वाग्मती सफाइ अभियानकर्मी एवं कलाकार चक्रबहादुर चन्दले मुम्बईको बरसवावीचको सागरतट क्षेत्रमा सफाइ अभियान चलाए ।
अभियानकर्मी चन्द बहुचर्चित नेपाली चलचित्र प्रेमगीत–३ को प्राविधिक कामका लागि केही हप्तादेखि भारतको मुम्बईमा थिए । मुम्बई रहेका बेला समयको सदुपयोग गर्दै चन्दले वरसवावीचको सागरतटको सफाई अभियान चलाए ।
मुम्बईमा लगातार तेस्रो हप्तासम्म सफाइ अभियान सम्पन्न गरेको जानकारी दिए। चन्दलाई युवा व्यवसायी तथा समाजदेवी मधु आर्याल तथा वलिउड कलाकार तारा शर्माले साथ दिए ।
सो अवसरमा अभियानलाई मुम्बई महानगरपालिकाको फोहर सङ्कलन साधन एवं सफाइ समूहले समेत साथ दिएको थियो । समुद्र तटमा दैनिक आउने फोहरजन्य पदार्थलाई महानगरपालिकाले नियमित सङ्कलन गर्दै आएको छ ।
समुद्र तटमा दिनहुँ प्लास्टिकजन्य पदार्थ जम्मा हुन्छ । प्लाष्टिकले पृथ्वीमा वातावरणीय प्रभाव डरलाग्दो बन्दै गएको छ । अभियानका क्रममा तीन हप्तादेखि प्लास्टिकलगायत फोहर टिप्ने गरिएको छ ।
काठमाडौँमा प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मतीमा सफाइ गर्ने बानीलाई उनले त्यहाँ पनि निरन्तरता दिए । चन्दले राजधानी बाहिर हुँदा सम्बन्धित स्थानमै सफाइ अभियान चलाउँदै आउए ।
अभियानकर्मी चन्दले देशव्यापी रुपमा सञ्चालन भइरहेको मेचीमहाकाली सफाइ अभियानसमेत चलाउँदै आउए । उन आफू पुगेका स्थानमा सफाइ अभियान चलाउने गर्नुहुन्छ ।
चलचित्र प्रेमगीत–३ लाई हिन्दी भाषामा अनुवादका लागि अभियानकर्मी चन्दसहितको समूह अहिले भारतमा रहेको जनाइएको छ । रासस