एजेन्सी । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफबीच राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा विवाह हुँदैछ ।
दुवैजना आफ्नो परिवारका साथ राजस्थान पुगिसकेका छन् । विवाह आज मंगलबारदेखि बिहीबारसम्म चल्दैछ । यही परिप्रेक्ष्यमा स्थानीय एक वकिलले उनीहरुको विवाहविरुद्ध उजुरी दर्ता गराएका छन् ।
समाचारअनुसार वकिल नेत्रविन्द सिंह जादौनले जिल्ला विधिक सेवा प्राधिकरणमा उजुरी दर्ता गराएका हुन् । वकिलले विवाहका कारण चौथ माता मन्दिरको बाटो अवरुद्ध भएको भन्दै उजुरी गरेका हुन् । उजुरीकर्ताका अनुसार प्रशासनले डिसेम्बर ६ देखि १२ सम्म मन्दिरको बाटो बन्द गरिदिएको छ । जसकारण श्रद्धालुले समस्या भोग्नु परेको छ ।
समाचार एजेन्सी आईएएनएसका अनुसार जिल्ला विधिक सेवा प्राधिकरणमा दर्ता भएको उजुरीमा विवाहको कारण एक मन्दिरको बाटो अवरूद्ध हुने भन्दै त्यसलाई रोक्न माग गरिएको छ।
जादौनले उजुरीमा सिक्स सेन्सेज फोर्टका प्रबन्धक, कटरीना, विकी र जिल्ला कलेक्टरविरुद्ध उजुरी दर्ता गराएका छन् । उनीहरुको विवाहमा १ सय २० पाहुनाको उपस्थिति हुनेछ । जसमा कबीर खान, निर्माता अमृतपाल सिंह वृन्दा र निर्देशक आनन्द तिवारी पनि हुनेछन् ।
विवाहका लागि कटरीनाको आमा सुजैन टरकोट, बहिनी नताशा, इसाबेल कैफ, भाई सबाशियन लरेन्ट मिकेल विकी र कटरीनासहित विवाहस्थल पुगिसकेका छन् । उनीहरुको विवाहमा अभिनेता सलमान खानको बडीगार्ड शेराको कम्पनीले सुरक्षा व्यवस्था सम्हाल्नेछन् ।
यसअघि स्थानीय प्रशासनले विवाहको समयमा सोमबारदेखि आइतबारसम्म चौथ माता मन्दिरको बाटो बन्द गराएको छ। सडक अवरूद्ध भएकाले हजारौं श्रद्धालु समस्यामा परेको भन्दै स्थानीय वकिल नेत्रविन्द सिंहले सिक्स सेसेन्ज फोर्डका प्रवन्धक, कैटरिना कैफ, विक्की कौशल र जिल्ला कलेक्टरविरूद्ध उजुरी दर्ता गराएका हुन्।