रुकुम पश्चिम : रुकुम पश्चिममा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ । बिहिबार सदरमुकाम मुसिकोटमा एक कार्यक्रम आयोजना गरी अभियानको सुरुवात गरिएको हो ।
घरबाटै सुरु गरौ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउन थालिएको मुसिकोट नगरपालिकाका उप प्रमुख प्रेम कुमारी सुनारले बताइन बताउनुभयो । आज बिहान प्रभात फेरि सँगै एक औपचारिक कार्यक्रम आयोजना गरेर अभियानको सुरुवात गरिएको हो ।
अभियानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले गरेका हुन । कार्यक्रमका अतिथि तथा सहभागीहरुले लैंगिक हिंसा नगर्ने भनि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको छन् । बिभिन्न कार्यक्रमहरु आज देखि नगरपालिकाका बिभिन्न वडाहरुमा अभियानकै रुपमा सञ्चालन गरिने उप प्रमुख सुनारले जनाइन ।
प्रभात फेरि तथा अभियानको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रै, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ध्रुव कुमार श्रेष्ठ, सशस्त्र प्रहरीका डिएसपी प्रेम सिंह धामी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख दिनेश रेग्मी, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी, अधिकारकर्मी, बिद्यार्थी, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
मुसिकोट नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय, ओरेक नेपाल, हरप्लेस, नेपाल बार एशोसियसन, नेपाल रेडक्रस सोसाइटी, ईन्सेक, अन्तर पार्टी महिला सञ्जाल, रुकुमेली समाज विकास केन्द्र लगायतको सहयोगमा गरिएको बताईएको छ ।
मुसिकोट नगरपालिकाका उप प्रमुख प्रेम कुमारी सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास निरिक्षक कमला मल्लले गरेकी थिइन ।