पछिल्लो समयमा केक काटेर जन्मदिन मनाउने होड जताततै चलेको पाइन्छ । जन्मदिनको महत्वभन्दा पनि त्यसलाई भड्किलो खानपानको मुख्य अवसर बनाउने प्रचलन बढोत्तर हुँदै गएको छ ।
एक दशकयता मनाइँदै आएका हरेकका जन्मदिन आयातित संस्कृतिमा निर्भर छन् । यस्तो खालको जन्मदिनको फेसन ग्रामीण क्षेत्रमा पसिसकेको छ । मौलिक संस्कृतिअनुसार खीर तथा सेलरोटी पकाउने, दियो बाल्ने, निधारमा रातो टिका लगाउने, दियोझैँ सधैँ चम्किरहनु भनेर आशीष दिँदै मनाइने जन्मदिन स्मृति पटलमा रहने अवस्था बन्दै गएको छ ।
यो परिवेशमा भने एशिया इन्टरनेश्नल स्कुल जुम्लाका संस्थापक तथा समाजसेवी मनोज बुढाथोकी मगरले आफ्नो जन्मदिनको अवसरमा सोमबार गङ्गामा ननिली अभिनवन केन्द्रको स्थापना गरिएको छ ।
केन्द्रको उद्घाटन आयुर्वेदिक ज्ञानसम्बन्धी जानकार चन्दननाथ नगरपालिका–५ जुम्ला निवासी मानबहादुर बुढाथोकी मगरले गरेको छन् । मूलतः अन्तरनिहित प्रतिभाले सम्पन्न यद्यपि ओझेलिएका, अवसरबाट बञ्चित भएका, दबिएका सबै सिर्जनशील प्रतिभा, सोच र विशेषताका कुँवेरलाई प्रतिभा प्रस्फुटनको खुला मञ्च बनाउने उद्देश्यले अभिनवन केन्द्र (इनोभेसन सेन्टर) स्थापना गरिएको एशिया इन्टरनेश्नल स्कुलका संस्थापक मनोज बुढाथोकी मगरले जानकारी दिए ।
विशेषगरी आज परेको मेरो जन्मदिनको अवसरलाई पारेर यो आविस्कार केन्द्रको स्थापना गर्यो। केन्द्रका लागि हामीले रु १० लाखको कोष तयार गरेका छौँ”, संस्थापक बुढाथाकी भने उक्त कोष नवयुवा तथा विद्यार्थी प्रतिभाले नवीन आविष्कारका लागि गर्ने अध्ययन, अनुसन्धान तथा अन्वेषणमा लगानी गरिने छ ।
सो अवसरमा जुम्लामै भूकम्प प्रतिरोधात्मक स्लाइडिङ इन्टरलक इँट्टाको आविष्कार गर्ने एशिया इन्टरनेशनल स्कुलमा कक्षामा ८ मा अध्ययनरत १४ वर्षीय विद्यार्थी छक्क अधिकारीलाई सम्मान गरिएको उनले बताए । केन्द्रले सबै क्षेत्रको खोज अनुसन्धान र अन्वेषण गर्न नवपुस्तालाई आकर्षित एवं उत्प्रेरित गर्ने उनको भनाइ थियो ।
कर्णालीका संस्कृतिसम्बन्धी जानकार नवराज न्यौपानले देख्दा सुन्दर लाग्ने तर शरीरका लागि बेफाइदाजनक रसायन मिश्रित केक पछिल्लो पुस्ताका लागि आकर्षणको वस्तु बनिरहेको टिप्पणी गरेको छन् । जन्मदिनमा केक काट्ने, बर्थडे क्याण्डिल बाल्ने, स्नो स्प्रे गर्दा निकै गौरव र सान ठान्ने संस्कृतिले नेपाली मौलिकतामाथि नै आक्रमण गरेको उनको भनाइ थियो ।
जन्मदिन अनुत्पादक र फजुल खर्चको माध्यत त बनेकै छ”, न्यौपानेले भने यसले हाम्रो मौलिक संस्कृति, संस्कार यसमा पछिल्लो समयमा टिकाटिप्पणी पनि हुन थालेको छ ।
जन्मदिन फजुल खर्चको सर्त र मदिरामय बनाउने शैलीले समाजमा विकृति बढ्दै गएको बताउँदै बुढाथोकीले जन्मदिन महत्वपूर्ण अवसर बनाएर हरेकले समाजमा केही नवप्रवर्तनात्मक काम गर्नुपर्दछ भन्ने संस्कार स्थापितका लागि नयाँ सन्देश सन्देश प्रवाह गरेको बताए । रासस