सिमकोट: बिपी चिन्तन प्रतिष्ठान हुम्ला शाखाको सभापतिमा मधु बस्नेत शाही सर्बसम्मत अध्यक्षमा चयन भएकी छन् । आइतबार प्रतिष्ठानको तेस्रो अधिबेशनले उनलाई सभापतिमा चयन गरेको हो ।
प्रतिष्ठानको सभापतिमा बस्नेत, उपसभापति राजन रावत, सचिब लक्ष्मण बोहरा कोषाध्यक्ष बिशाल बोहरा र सहसचिब बबिता शाही त्यसैगरि प्रतिष्ठानको सदस्यमा शिक्षक संघका अध्यक्ष कैलाश रोकाया, प्रजातान्त्रिक प्रध्यापक संघका अध्यक्ष दिपक भण्डारी, प्रेश युनियनका अध्यक्ष राज बहादुर शाही, बित्तिय संस्थाका लाल रोकाया, प्रजातान्त्रिक बिचार समाजका राज बहादुर शाही र जयदेवी शाही रहेका छन् ।
त्यसैगरि अधिबेशनले तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको जसमा राज बहादुर बुढको संयोजकत्वमा तीन .जना सदस्य रहेका छन् । सदस्यमा कुन्जोक लामा र मोहन बहादुर शाही रहेका छन् ।
अधिबेशनबाट निर्बिरोध निर्बाचित भएकी सभापति बस्नेतले प्रतिष्ठानलाई बौद्धिक मन्थन गर्ने मञ्चका रुपमा उपभोग गर्ने बताए । काँग्रेस उपसभापतिमा अधिबेशनबाट निर्बिरोध निर्बाचित भएपछि निवर्तमान सभापति बसन्त रोकायाले सो पद छाड्ने जनाएपछि प्रतिष्ठानको अधिबेशन भएको थियो ।
प्रतिष्ठानको अधिबेशनले पहिलो पटक महिला नेतृत्व पाएको छ । अधिबेशनमा प्रतिष्ठानका सदस्य र काँग्रेस शुभेक्छुक संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
नयाँ चयन भएका सभापति बस्नेतको टिमलाई नेपाली काँग्रेस सिमकोट गाउँपालिकाका सभापति धर्मराज रोकायाले अबिर तथा खादा लगाएर स्वागत गरेका थिए ।