एजेन्सी: संयुक्त राष्ट्रसंघले मानवीय सहायतासम्बन्धी काममा अवरोध नगर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले इथियोपियालाई यो आग्रह गरेको हो ।
इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि लगिएका पठाइएका कम्तीमा पनि ७० ओटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको थियो । ती ट्रकहरु र ट्रक चालक तथा अन्य कर्मचारीहरुलाई तत्कालै मुक्त गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले प्रवक्ताले माग गरेका छन् ।
उनले बिहीबार विज्ञप्ति प्रकाशन गरेर मावनीय सहायता उपलब्ध गराउन गएका सबै सवारी साधन र कर्मचारीहरुलाई तत्कालै रिहा गर्न माग गरेका छन् । इथियोपियामा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो ।
तर त्यहाँको सरकारले नै ती सहायता सामग्रीहरु नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के कस्तो छ भन्ने बारेमा केही पनि थाहा हुन नसकेको पनि बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार एक विज्ञप्तिमार्फत् भन्नुभएको छ ।
यस्तो सहयोगका लागि गएका सहायताकर्मी तथा सवारी साधनहरु नै सरकारले नियन्त्रणमा लिनु राम्रो नभएकोले तुरुन्त रिहा मुक्त गरी सहायता उपलब्ध गराउने वातावरण मिलाउनु पर्छ । उनले ती ट्रकहरुको अवस्था के छ र कहाँ राखिएको तथा सवारी चालकहरुको पनि अवस्था के छ।
बारेमा पनि इथियोपियन सरकारले केही नबताएको जानकारी दिए । उनीहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले यहाँको सरकारलाई आग्रह गरेको पनि उनले बताए । इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ ।
जसका कारण लाखौँ मानिस खाद्यान्नलगायतको मानवीय सहायताको अभाव रहेको छ । त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहयता पठाएको थियो । रासस