सिमकोट: प्रेस सेन्टर नेपाल हुम्लाको चोथो जिल्ला अधिवेशनबाट नरजन तामाङ अध्यक्षमा चयन भएका छन ।
तामाङको नेतृत्वमा १५ सदस्यीय प्रेस सेन्टर जिल्ला समन्वय समिति चयन भएको हो । अधिवेशनले अध्यक्षमा तामाङ, उपाध्यक्ष मसन्ते ( एनबी) थापा, समावेशी उपाध्यक्षमा सर्मिला सिहं, सचिव भक्तराज ऐडी, कोषाध्यक्ष तुलराज बुढा, सहसचिव अविनास लामा, समावेशी सहसचिव राजेन्द्र नेपाली चयन भएका हुन ।
पुरै समिति निर्विरोध निर्वाचित भएको केन्द्रीय सदस्य सेन्टरका केन्द्रीय सदस्य अर्जुन बोहराले जानकारी दिए । त्यसैगरि अधिबेशनले सदस्यहरुमा नबराज भण्डारी, गगन शाही, बर्खि महतारा, दिनेश रावत, उजिर बोहरा, गोर्ख महतारा र गाउँपालिका सदस्यहरुमा अदाचुलीबाट बिरवल फडेरा, चंखेलीबाट लोकेन्द्र ऐडी र नाम्खाबाट छोमु लामा चयन भएका छन् ।
यसअघि चौथो अधिवेसन उत्घाटन सत्रमा जिल्लाका पत्रकारलाई सत्य तत्थ्य समचार सम्प्रेशण गर्ने जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतले बताएका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र हुम्लाका अध्यक्ष लालकेश जैसीले अधिबेशनको उद्घाटन गरेका थिए ।