कालीको: कालीकोटको पलाँता गाउँपालिका–८ थिर्पुस्थित स्वास्थ्यचौकीमा कर्मचारी नहुँदा सुत्केरीले राम्रो उपचार पाएनन् ।
स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले शुक्रबार स्वास्थ्यचौकीमा सुत्केरी हुन आउदा स्वास्थ्यकर्मी नभेटिएपछि उन चौकीकै प्राङ्गणमा सुत्केरी थिए । उनले छोरीलाई जन्म दिए ।
सुत्केरीले उपचार नपाएपछि स्वास्थचौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले अनुगमन गर्दै सेवाग्राहीको उपचारमा संग्लन नभएका स्वास्थ्यकर्मीले तलब नपाउने बताए ।
स्वास्थ्य चौकीमा तीन अनमी, एक स्वास्थ्य सहायक, दुई अहेब, तीन कार्यालय सहयोगी, एक चौकीदार र एक बगैँचा व्यवस्थापन गर्ने गरी ११ जना कार्यरत छन् । सबै कर्मचारी तिहार बिदामा घर गएकाले स्वास्थ्यचौकीमा कोही नभएको अध्यक्ष बमले बताए ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्ने कर्मचारीलाई हामीले कसरी राज्यको तलब दिएर राख्न सक्छौं भने चाडबाडका बेला एकजना कर्मचारी स्वास्थ्य चौकीमा नहुनु विडम्बना हो । गाउँपालिका अध्यक्ष बमका अनुसार स्वास्थ्यचौकीका दुई कर्मचारी अवकाश पाएको र सात कर्मचारीको कात्तिक महिनाको तलब कट्टा गरेर स्वास्थ्य चौकीको सुत्केरी कक्षको व्यवस्थापन गरिने बताए ।
तिहारको बेला ढोका बन्द गरेर बसेका स्वास्थकर्मीले सामान्य बिरामीको उपचारसमेत नपाएको गुनासो भए पनि गाउँपालिकाले बाध्य भएर त्यही आधारमा कारवाही गरिने अध्यक्ष बमले जानकारी दिए ।
तीन महिनासम्म अनुपस्थित सबैको प्रोत्साहान भत्ताबापत पाउने मासिक रु सात हजार र दुई दिनअघि धौलागोह र दैनिकरको स्वास्थ्य संस्था अनुगमन गर्दा धौलागोहमा दुई अनमी र दैनिकरमा एक अनमीको पनि तलब काट्ने निर्णय भएको छ ।
गाउँपालिकाभित्र ७२ शिक्षक, ३१ स्वास्थ्यकर्मी, चार प्राविधिक र २७ प्रशासनतर्फका कर्मचारीले कात्तिक महिनाको आधा वा आंशिक र कही कर्मचारीको पूरै महिनाको तलब कटौती हुनेछ ।
रासस