काठमाडौं: अहिले विश्वभरिका नेता र वार्ताकारहरू जलवायु परिवर्तन तथा त्यसले पार्ने प्रभावबारे छलफल गर्न ग्लास्गोमा आयोजित कोप२६ सम्मेलनमा सहभागी भइरहेका छन्।
उनीहरूले गर्ने निर्णयबाट लाखौँ मानिसहरूको जीवन प्रभावित हुनसक्छ। तर तपाईँले आफ्नो तहबाट कार्बन उत्सर्जन घटाउन के गर्न सक्नुहुन्छ र ती उपायमध्ये कुनकुन बढी प्रभावकारी छन् ?
१) धेरै मानिसले घरमा केही रिसाइक्लिङ वा पुनर्प्रयोगका उपाय अपनाउँछन् र हरित ऊर्जा भनिने ऊर्जाको प्रयोग पनि लोकप्रिय हुँदछ। तर कार्बन उत्सर्जन कटौती गर्न कुन उपाय बढी प्रभावकारी हुन्छ त ?
२) घरमा कार्बन उत्सर्जन कम गर्ने र ऊर्जा जोगाउने अर्को उपाय भनेको भित्ता र छतमा इन्सुलेशनको प्रयोग गरेर वा दोहोरो सिसा भएको झ्याल जडान गरेर घरभित्रको ताप बाहिर निस्किनबाट रोक्ने पनि हो। औसतमा कुन उपायले बढी मात्रामा कार्बन उत्सर्जन कम गर्न सघाउँछ त ?
३) अब घरबाट बाहिर निस्कँदाको अवस्था हेरौँ। यातायातको कुन साधनको प्रयोग जलवायुका लागि अनुकूल होला: बिजुलीबाट चल्ने कार किनेर वा सम्भव भएसम्म सार्वजनिक यातायात सेवाको प्रयोग गरेर ?
४) अब हामीले गर्ने लामो दूरीको यात्रालाई एकदमै छोटो दूरीको यात्रासँग तुलना गरौँ। कुन उपाय प्रयोग गर्दा कार्बन उत्सर्जनमा हुने योगदान अर्थात् कार्बन फुटप्रिन्ट बढी मात्रामा कम गर्न सकिन्छः सकेसम्म सार्वजनिक यातायात सेवाको प्रयोग अथवा विदेशमा छुट्टी मनाएर फर्किँदा एकै पटकमा लामो समय लाग्ने हवाई उडानको प्रयोग नगरेर ?
५)सातामा केही दिनका लागि भए पनि मासु खान छोड्ने प्रचलन हिजोआज बढ्दो छ। के यस्तो अभ्यासले पार्ने प्रभाव सवारीसाधन चढ्न छाडेर जताततै हिँडेरै जाने वा साइकल चलाएर जाने बानीले पार्ने प्रभावभन्दा ठूलो होला त ?
६) तपाईँ कुनै घरपालुवा जनावर पाल्ने विचारमा हुनुहुन्छ, तर त्यसले पार्ने प्रभावबारे अन्योलमा हुनुहुन्छ। के जलवायु परिवर्तनको दुष्प्रभाव कम गर्न कुकुरबिरालो नपाल्ने निर्णय मासु खान छाड्नुभन्दा बढी प्रभावकारी होला त?