पोखरा: वरिष्ठ सञ्चारकर्मी एमबीआस्था मगरले आफ्ना छोरा शालीन घर्ती मगरको जन्मदिनका अवसरमा वृद्धाश्रमलाई खाद्यन्न सहयोग गरेका छन्।
पोखरा– १४ अवस्थित वात्सायन बृद्धाश्रममा हाल १६ वृद्धा आश्रित छन । सो अवसरमा कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक जनक बस्नेतले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्नु सबैको दायित्व भएको र आगामी दिनमा आफ्नो तर्फबाट समेत सहयोग गर्ने जानकारी दिए ।
वृद्धाश्रमका संस्थापक अध्यक्ष गोकर्ण कार्कीले हालसम्म सरकारी सहयोग नपाएको र विभिन्न व्याक्तिको सहयोगबाट नै वृद्धाश्रम सञ्चालन भइरहेको जानकारी दिए ।
विशेषगरी पछिल्लो समय वृद्धाश्रममा जन्मदिन मनाउने वढीमात्रामा आउने गरेको जनाउँदै उनले वृद्धाश्रममा सहयोग गर्ने दाताकै कारण आफुका वृद्धाश्रममा केही कुराको कमी नरहेको बताए ।
सञ्चारकर्मी एमबी आस्थाले अहिले विभिन्न क्लव तथा रेष्टुरेण्टमा गएर जन्मदिन मनाउने प्रचलन बढ्दो मात्रामा रहेको र यस्ता फजुल खर्चलाई केही भएपनि सामाजिक कार्यमा लगाउन सके पुण्य प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
उक्त अवसरमा वृद्धाश्रमका अध्यक्ष वोधराज कार्की, उपाध्यक्ष रेशम जिसी, सचिव ललित बानिया लगायतले समाजसेवामा जुट्न आह्वान गरेको छन्।
यसैबीच समाजसेवी टीकाकुमारी गुरुङले आफ्नो जन्मदिनका अवसरमा वृद्धाश्रमलाई १० हजार १ सय रुपैयाँ प्रदान गरेको छन् । उक्त रकम वृद्धाश्रमका अध्यक्ष कार्कीलाई उनका पति मुनेश थापा सहित गुरुङले हस्तान्तरण गरेको छन् । रासस