काठमाडौं: कुर्सीमा बस्दा या बेडमा सुत्दा पनि धेरैको बानी हुन्छ खुट्टा हल्लाउने । यदि तपाईंको पनि यस्तो बानी छ भने तुरुन्त सचेत हुनुहोस् ।
खासमा यो एक स्नायु प्रणालीको रोग हो । गोडा हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन आउन थाल्छ जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लाग्छ । डोपामाइनले सुखको अनुभूति दिलाउँछ ।
विशेषतः शरीरमा आइरनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ । यो ३५ वर्षभन्दा माथिका उमेरका मानिसमा बढि मात्रामा हुने गर्दछ । तर कतिपय अवस्थामा गर्भवती महिलाहरू, अत्यधिक रक्सी सेवन गर्ने, रुघा वा एलर्जीको औषधि खाने मानिसमा पनि यो सिन्ड्रोमको देखा पर्दछ ।
अमेरिकाको हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक डा डब्ल्यू किंकम्यानका अनुसार, यो रोगबाट पीडित व्यक्ति निद्रा आउनुभन्दा अघि ३०० चोटिसम्म गोडा हल्लाउँछ । अनुसन्धानकर्ताहरूले स्पष्ट रूपमा भनेअनुसार, लगातार खुट्टा हल्लाउँदा हृदयघातको सम्भावना बढ्छ ।
कारण
यो रोग आइरनको कमीको कारणले लाग्ने गर्छ । यसका साथै किड्नी, पार्किन्सन्सका समस्या भएका तथा गर्भवतीहरूमा डेलिभरीका अन्तिम दिनमा हर्मोनमा परिवर्तन हुन सक्छ । त्यस्तै, अत्यधिक अल्कोहल सेवन तथा विशेष औषधिको प्रयोगले पनि यसको खतरा हुन सक्छ । सुगर, उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगीहरूले विशेष सावधानी अपनाउनुपर्छ ।
गोडा धेरै हल्लाउनु रोगको लक्षण
- मानिसहरू यसलाई सामान्य रूपमा लिन्छन् । अलिक ध्यान पु–याउने हो भने यस रोगबाट बच्न सकिन्छ।
- यसको उपचारमा आइरन चक्कीहरू दिइन्छ । समस्या गम्भीर भएको रहेछ भने अन्य औषधि पनि दिइन्छ ।
- त्यस्तो औषधि सुत्नुभन्दा दुई घन्टाअघि लिनुपर्छ। औषधिले अनिद्रा हटाएर स्थितिलाई सामान्य बनाउँछ ।
- हट एन्ड कोल्ड बाथ, भाइब्रेटिङ प्याड जस्ता व्यायामले पनि राहत दिलाउँछन्।
- अत्यधिक चिन्ता लिने व्यक्तिको पनि गोडो अनायासै धेरै हल्लिन्छ।
यो समस्याबाट छुटकारा पाउन निम्न कुरा अबलम्बन गर्नुपर्छ :
- रक्सी, क्याफिन र चुरोट खान छाड्नुस् ।
- नियमित समयमै र पर्याप्त सुत्नुहोस् ।
- सुत्नुअघि केहिबेर खुल्ला हावामा घुम्नुहोस् ।
- तर सुत्नुअघि कठिन व्यायाम नगर्नुस् ।