जाजरकोट: एकहत्तर वर्षीया धनसरी थापा सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताए ।
उनलाई घरबाट दल्ली पुग्न दुई दिन लागेको थियो । राम्रोसँग टाढा देख्न नसक्ने उनलाई यसरी दुःख दिएकामा नरमाइलो लागेको लागेको छ । आउँदा, जाँदा बाटोमा उहाँका करिब चार हजारभन्दा बढी रुपैयाँ खर्च भइसकेका छन् ।
बूढो शरीर, आधा बाटो हिँडेरै आएको र आधाबाट गाडीमा आएको भन्दै उनले भने घरघरमा लिएर बुझाएको भए राम्रो हुने थियो । धेरै दुःख पाइने गर्छ । पहिला पहिला घरमै बुझाउँथे तर बीचमै आधार रकम आफूले खाएर हामीलाई दिएको पनि थाहा पाऔँ, बैंकले नै घुम्ती सेवा लिएर भत्ता बुझाएको भए कति राम्रो हुन्थ्यो ।
यहाँका ज्येष्ठ नागरिक, एकल महिलाहरुको काम सोमबारसमेत पूरा नभएपछि मङ्गलबार हुने आश गरेको अर्की कुमारी विकले बताए । उनले भने हाम्रो छिमेकी जिल्ला रुकुम पश्चिमको आठबीसकोटमा बैंकका कर्मचारी गाउँमै गएर भत्ता बुझाएका थिए, हामीलाई पनि त्यस्तै गरेको भए राम्रो हुने थियो ।
आउँदा, जाँदा धेरै दुःख पाइन्छ र पैसा पनि आधा खर्च भइहाल्छ ।” नलगाडको सबैभन्दा टाढाको वडाका रुपमा रहेको वडा नं ११, १२ र १३ रहेको छ । डोल्पाको सिमानासँग जोडिएका यी वडामा बसोबास गर्ने सर्वसाधारणलाई पालिकाको मुकामसम्म आउन र जानमात्र दुई दिनभन्दा बढी लाग्छ ।
सम्बन्धित व्यक्तिबाहेक अरू आएमा बैंकले रकम भुक्तानी नगर्ने भएकाले आफैँ रकम लिन आउनु परेको स्थानीवासी हस्त कामीले बताए । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने यी ठाउँहरु दुर्गम मध्यमा पर्दछन् । सामाजिक सुरक्षा भत्ता बुझ्न आउने सबै नागरिकलाई चार, चार महिनामा दुःख बैंक आउँदा समस्या हुने गरेको छ ।
नगरपालिकाबाट वितरण हुँदै आएको पोषण भत्तासमेत पूरा नपाएको उनीहरुका गुनसो छन् । त्यस्तै पश्चिम जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणहरुसमेत सदरमुकाम आएर भत्ता बुझ्ने गरेका छन् ।
जिल्लाको टाढा मध्यको पालिका जुनिचाँदेसमेत पर्दछ । पालिकामा बैंक स्थापना नहुँदा सदरमुकाम आएर सबै कारोबार गर्नुपरेको छ । रासस