सिमकोट : कर्णाली करिडोर अन्तर्गतको सिमकोट खार्पु खण्डको सडक दुई हप्तादेखि अवरुद्ध छ । कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाले भत्काएको सडकको मर्मत र ढुङ्गा पन्छाउने कार्य नभएपछि सडम सुचारु हुन नसकेको हो ।
पैदल यात्रु प्रकाशबहादुर शाहीले सिमकोट खार्पु खण्डको ११ किलो मिटर सडकमा मात्र १३ वटा स्थानमा सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको चौध दिन भएको जानकारी दिए ।
त्यसयता सो खण्डको सडक यातायात अवरुद्ध हुँदै आएको छ । सडक भत्किएयता यातायात सुचारु नभएपछि यात्रुहरु भत्केकै सडकमा जोखिम उठाए हिड्न बाध्य हुँदै आएका छन् ।
ती स्थानहरुमा सत्तरी मिटर लम्बाइ र चालीस मिटर उचाइबाट पहिरो खसेर सडक विरुप बनाएकोले मेशिन बिना मर्मत गर्न नसकिने रहेको छ । ठुला ठुला ढुङ्गासहितको माटोका ढिस्काले सडक भरिएको कारण पैदल यात्रुहरुलाई पनि यात्रा गर्न कठिन हुँदै आएको छ ।
सो बाटो उनले गाउँपालिका, पूर्वाधार विकास कार्यालय र सडक आयोजना कस्ने मर्मत गर्नु पर्ने भएपनि हालसम्म त्यसको सुनुवाइ हुन नसकेको गुनासो यात्रुको छ । यसका लागि स्थानीय बासिन्दा जिल्ला प्रशासन कार्यालयमा समेत डेलिगेशन जानु भएको थियो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले मर्मतका लागि बजेटको अभाव भएकोले सबै क्षति पुगेको भागको मर्मत गर्न नसकिने बताए । केही भागमा भने कार्यालयले मर्मत गर्ने जनाएको छ । मर्मत कार्य केही स्थानमा कार्यालयले गर्नु सुरु गरेपनि बीचमा रोकिएको छ ।
हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले गाउँपालिका, पुर्वाधार र आयोजनाको समन्वयमा मर्मत कार्य अगाडी बढाउने तयारी भइरहेको जानकारी दिए । यो भनेको पनि पाँच दिन भइसकेको छ । तर, पनि मर्मत कार्य अगाडी बढ्न सकेको छैन् ।