वीरेन्द्रनगर : सुर्खेतका युवा व्यवसायी प्रेमबहादुर भण्डारी नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा चयन भएका छन् । शनिबार वीरेन्द्रनगरमा सम्पन्न व्यवसायी संघको प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
संघको थोकतर्फको उपाध्यक्षमा पूर्ण बुढथापा, खुद्रातर्फका उपाध्यक्षमा पदम केसी, प्रदेश महासचिवमा दानबहादुर रोकाय, कोषाध्यक्षमा गोमाकुमारी नेपाली, सह–सचिवमा रविद्र थापा र उप–कोषाध्यक्षमा सरिता रोकायलाई चयन गरिएको छ ।

सदस्यमा पूर्णप्रकाश बराल, डिल्लीराम सापकोटा, किरणप्रसाद चौलागाई, धर्मदत्त हमाल, लछिराम महत, पृथ्वीनाथ बस्नेत, रामबहादुर बस्नेत, ज्वारीलाल भट्टराई र इन्द्र केसी चयन भएको निर्वाचन कमिटीका संयोजक दुर्गा सापकोटाले जानकारी दिए । अधिवेशन कर्णाली प्रदेशसहित देशभरका औषधि व्यवसायीहरुको सहभागी थिए ।
अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर क्षेष्ठले औषधि व्यवसायीलाई राज्यले उपेक्षा गरेको बताएका छन् ।
कोरोना महामारीमा मृत्युको कुनै प्रवाह नगरी सेवा गर्दा गर्दै मृत्युवरण गरेका व्यवसायीलाई राज्यले औषधि हालसम्म राहत दिन नसकेको बताए । कोरोना संकटमा पनि अवस्थामा औषधि व्यवसायीले एकरुपताका साथ औषधी वितरण गरेर ठूलो योगदान पुर्याएको दाबी गरे । उनले नयाँ नेतृत्वले कर्णालीको स्वास्थ्य क्षेत्र, औषधि वितरण कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
केन्द्रीय महासचिव रामचन्द्र शर्माले राज्य पुग्नन नसकेको ठाउँमा औषधि व्यवसायीहरूले सेवा गरेर पुन्यको काम गरेको बताए । कार्यक्रममा कर्णाली प्रदेशसहित देशभरका औषधि व्यवसायीका अगुवाहरुको सहभागी थिए ।