काठमाडौँ : नेकपा एमाले संसदीय दलका उपनेता सुुवास नेम्वाङले मुुलुुकमा उत्पन्न परिस्थिति र राजनीतिक निकासका लागि दलहरु एक ठाउँमा उभिएर छलफलका माध्यमबाट निकर्षमा पुुग्न आवश्यक रहेको बताएका छन्
।
तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता चन्द्रबहादुर गुुरुङको स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपाली जनताको लामो सघर्ष र बलिदानका उपलब्धीलाई कमजोर हुन नदिन राजनीतिक दल एक ठाउँमा उभिन पर्ने बताए ।
पूूर्वउपसभामुुख नेम्वाङले भने, “लोकतन्त्रको सुन्दर पक्ष भनेकै छलफलका माध्यमबाट सहमतिमा पुुगेर निकास दिनुु हो, मुलुुक र जनताको हितका लागि दल एक ठाउँमा नउभिइ सुुखै छैन, उभिनै पर्छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले देश र जनताका हितका खातिर जनमत सङ्ग्रहविना राजतन्त्र, धर्मनिरपेक्षताका विषयमा निर्णयमा पुुग्न हुुन्न भनी सशक्त मत राख्ने स्व. गुुरुङ मिलनसार, प्रखरवक्ता र सिद्धान्तनिष्ठ नेता रहेको बताए ।
उनले भने, “लोकतन्त्र स्थापनापछि विकास र समृद्धिका हिसाबले मुुलुकले काँचुली फेर्ने आशा गरिए पनि पछिल्ला राजनीतिक घटनाक्रमले संविधान र कानूूनी राज्यको उपहास भइरहेको छ ।” जनआन्दोलन २०६२÷६३ का बलमा स्थापित ३१ दलको प्रतिनिधित्व रहेको संसद्मा राप्रपा संसदीय दलका नेता गुुरुङले गणतन्त्र, धर्मनिरपेक्षतालगायत विषयमा दलको अडान सशक्तरुपमा राख्नुुभएको वक्ताहरुले स्मरण गरे ।
सोही दलका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले वाणि र काममा एकरुपता कायम राख्दै राजनीति मूूल्य मान्यता, आदर्शमा नडगमगाउने स्व। गुुरुङ सबैसँग मित्रता र वन्धुुत्व कायम गर्न सक्ने क्षमतावान नेता रहेको बताए ।
वर्तमान शासनप्रणालीको आधार तयार गर्ने सवालमा राप्रपा रहेको स्मरण गराउँदै अन्य सहभागी वक्ताले स्व गुुरुङका नाममा स्थापित स्मृति अध्ययन प्रतिष्ठानलाई देशका समसामयिक विषयमा छलफल चलाउन सुुझाव दिए । अर्वुुद्ध रोगको उपचारका क्रममा उनको केही वर्षअघि निधन भएको थियो ।