सल्यान : पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधिसँग सरोकारवाला निकायसँग छलफल भएको छ । शिक्षा, स्वास्थ्य र आवासका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नगरका स्वास्थ्य, शिक्षा र खाद्यका सवालमा हाल हाल विद्यमान अवस्थाको विषयमा सरोकारवाला निकायले जनप्रतिनिधिसँग सवाल जवाफ भएको थियोे । नगर अस्पताल, दक्ष जनशक्ति, कोभिड नियन्त्रणको प्रयास, विद्यालयको पठनपाठन, भौतिक पूर्वाधार, किसानका लागि मल बीउ बिजन, कृषि प्राविधिक जनशक्ति अभाव, आवास, गुणस्तरिय खाद्य वस्तु, बजार अनुगमन, बजारमा मूल्य सूची, सडक विस्तार नहुँदा बजारमा पेरको असर लगायतका विषयमा छलफल भएको हो ।
सरोकारवाला निकायहरुले औंल्याएका मुख्य कुरामा नगर प्रमुख गोविन्द कुमार पुन, उप–प्रमुख मञ्जु यरी, प्रशासकीय अधिकृत मनोज रेग्मीले समस्याका विषयमा जवाफ पेश गरेका थिए ।
केही कुरामा सुधार भएको र बाँकी कुरामा सुधार हुने समेत प्रतिवद्धता जनाए । उक्त कार्यक्रममा शिक्षक, अभिभावक, व्यापारी, मानव अधिकार सञ्जाल समुहका सदस्यहरु, विद्यार्थी, उपभोक्ता, जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रम, इन्सेक कर्णाली प्रदेश संयोजक इपिएल परियोजनाका दुर्गा थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रमका बारेमा प्रकाश पार्ने काम इन्सेक सल्यान प्रतिनिधि तथा परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीले गरेका थिए ।
कार्य पत्रमा गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विभिन्न विषयलाई बुँदागत रुपमा औंल्याइएको थियो । यो परियोजना चार वर्ष यता लागू भए पश्चात् मौलिक हक र आधारभुत आवश्यकतामा राज्यका निकायलाई सुधार गर्दै अघि बढ्ने काम गरेको छ ।