मुगु : मुगुको खत्याड गाउँपालिकाका यूवाले पहिरो पीडितलाई सहयोग गरेका छन् । राष्ट्रिय यूवा संघ नेपाल मुगुको अगुवाइमा खत्याडका युवाले पहिरो पीडितलाई सहयोग गरेका हुन् । शुक्रबार राती खत्याड-३ माथिखर्कमा सुख्खा पहिरोले स्थानीय रत्नचन्द्र उपाध्याको घर पुर्ण रुपमा क्षति पुर्याएको थियो ।

उपाध्याको पहिरोले लाखौँको क्षति मात्रै होइन, उनको अस्थायी बस्नका लागि बास बनाउन समेत सकस भइरहेको बेला खत्याडका यूवाले आर्थिकदेखि खाद्यान्नसम्म सहयोग गरेका छन् ।
विभिन्न ठाउँबाट आर्थिक संकलन गरेर उपाध्याको परिवारलाई सहयोग गरिएको यूवा संघ नेपालका केन्द्रीय सदस्य राज जैसीले बताए । उनका अनुसार, नगद १६ हजार ४० सहयोग गरिएको छ । अन्य खाद्यान्न लगायतको सामग्री सहयोग गरिएको छ ।

सामग्रीमा : ३३ वटा थाली, गिलास १३, कचौरा १२, जग ६, चिउरा १२ प्याकेट, तेल ६ प्याकेट, नुन २ केजी, बिस्कुट १ दर्जन, साबुन ४, बेसार २ प्याकेट, कंबल कभर ३, कंबल ४, बलाङकेट १२, चटाई १, सल २, बाल्टिन २, डस्ना ५, तन्ना ५, सिरानी ४, पाल २, १० लिटरको जर्किन एक लगायतको सामग्री दिइएको हो ।