काठमाडौं : राशिको सम्बन्ध मानिसहरूको भुत, भविष्य तथा वर्तमानसंग मात्र नभई यौन जीवनसंग पनि सरोकार राख्दछ। हरेक राशीका मानिसहरूको स्वभाव फरकफरक हुने गर्दछ ।
यस्तै यौनको मामिलामा पनि उनीहरूको सोच तथा चाहाना फरक फरक हुने गर्दछ। राशि विशेषज्ञहरूले बिभिनन राशीहरूको स्वभाव अनुसार यौनबारे बिश्लेषन गरेका छन ।
२१ प्रतिशत अविवाहितहरू आफ्ना प्रेमी वा प्रेमिकाको राशि पहिला थाहा पाउन चाहन्छन् । यसको कारण के हो भने तपाईंको राशिले तपाईंको व्यक्तित्वका बारेमा धेरै कुरा बताउँछ । एक अध्ययन अनुसार यस्तोमा पार्टनरसँग निकट हुनु र सेक्स गर्नुअघि थाहा पाउन चाहन्छन्- जोडीलाई कुन प्रकारको सेक्समा रुचि छ र उसको यौन व्यवहार कस्तो छ ?
मेष राशी :
यो राशिका मानिसहरु प्रेममा निकै समर्पित हुन्छन् र प्रेमबिना मानसिक र सारीरिक रुपमा निकै कमजोर सावित हुन्छन् । प्रेम सम्बन्धमा आउने अवरोध र रोकावटलाई हटाउन ज्यानको बाजी लगाउन पनि तयार हुने स्वभाव यो राशिका महिला तथा पुरुषहरुमा हु्न्छ । यो राशिका महिलाहरुले प्रेममा सेक्सलाई प्राथमिकता दिन्छन् । मेष राशिका महिला पुरुषको कन्या राशिसँगको प्रेम सम्बन्ध सबैभन्दा सफल र राम्रो हुन्छ । कर्कट र मीन राशिसँगको प्रेम सम्बन्ध भने असफल र हानीकारक हुनेछ ।
वृष राशी:
वृष राशि भएकाहरू छिटो सेक्स मन पराउँदैनन् । यस राशिवालाहरू धैर्य र समर्पित हुन्छन् । पार्टनरको शरीर स्पर्श र फोर प्लेमा बढी समय दिन्छन् । साथै यस राशिका मानिस सेक्स टोयको प्रयोग गर्न पनि रुचाउँछन् । उनीहरूलाई ढिलो र सुस्त प्रकारको अनि प्रेमपूर्वक गरिने फोर प्लेमा बढी मज्जा आउँछ ।
मिथुन राशी :
यो राशिका महिला पुरुष मनमा कुरा अडाउन नसक्ने र आवेशमा आइहाल्ने खालका हुन्छन् । यिनीहरुले धनसम्पत्ती र प्रेमलाई समान महत्व दिने भएकाले प्रेमको मामिलामा उतिसारो सफल मानिँदैनन् । प्रेम सम्बन्ध खासै दिगो नहुने भएपनि जति समयसम्म प्रेम रहन्छ त्यो निकै रोमान्टिक हुन्छ । खासगरी मिथुन राशि र सिंहराशिबीचको प्रेम सम्बन्ध निकै सफल र नाटकीय हुन्छ । धनु राशिसँगको प्रेम दार्श्निक हुन्छ । तर वृश्चिक राशिसँगको प्रेम भने असफल हुन्छ ।
कर्कट राशी :
यो राशिका नारी पुरुषहरु साँचो र दिगो मायाप्रेम गर्ने खालका हुन्छन् । आफुले चाहेको व्यक्तिलाई प्रेमजालमा फसाउन खप्पिस हुन्छन् । निकै मायालु तथा दयालु स्वभावका हुन्छन् र सानातिना अवरोधले विचलित हुँदैनन् । विपरित लिंगीप्रतिको आकर्षण पनि बढि हुन्छ । तरपनि सिंह, धनु र मकर राशिसँगको प्रेम भने उतिसारो सफल हुँदैन । अरु राशिसँगको प्रेम सफल हुने देखिन्छ ।
सिंह राशी:
यस राशिका मानिस अति धैर्यशाली हुन्छन् र सेक्सका क्रममा उनीहरूका ‘इगो’ वा अहं देखाउँछन् । यदि तपाईं सिंह राशिका पार्टनरलाई खुसी पार्न चाहनुहुन्छ भने बिछ्यौनामा उनीहरूलाई केही न केही ‘कम्प्लिमेन्ट्स’ दिन नभुल्नुहोस् । यस राशिका मानिसलाई यौनिक हँसीमजाक पनि अर्थपूर्ण हुन्छ ।
कन्या राशी:
कन्या राशिका मानिस यस्ता प्रेमी हुन्, जसलाई बिछ्यौनामा पूर्ण आनन्द चाहिन्छ । उनीहरू सेक्सका क्रममा पनि हरेक ससाना कुरामा ध्यान दिन्छन् र प्राविधिक तरिकाले काम गर्छन्, चाहे सेक्स नै किन नहोस् । बेड रुममा उनीहरूलाई सरसफाई र हाइजिन चाहिन्छ । कन्या राशिवालासँग सेक्स गर्नुपूर्व नुहाउन नभुल्नुहोला ।
तुला राशी:
तुला राशि भएकाहरू सरल र सिर्जनशील प्रेमी हुन् र उनीहरूका लागि सेक्सको अर्थ पार्टनरसँग सुन्दर र सशक्त तरिकाले सम्पर्कमा रहनु तथा आफ्नो इमोसन शेयर गर्नु हो । यस राशिका मानिसलाई आफ्नो पार्टनरलाई सन्तुष्ट बनाउन आउँछ तर सन्तुष्ट बनाउन भने निकै गाह्रो हुन्छ ।
वृश्चिक राशी:
यस राशिका मानिस निकै संवेदनशील, धैर्य र सन्देहास्पदका साथै आफ्नो पार्टनरलाई लिएर निकै बढिया ठान्ने स्वभावका हुन्छन् । उनीहरूमा सेक्सको भोक सबैभन्दा बढी हुन्छ । यिनीहरूलाई यौनिक रमाइलोमा रुचि हुन्छ र पार्टनरसँग धैर्य र शान्त सेक्स चाहन्छन् ।
धनु राशी :
धनु राशि भएकाहरू सबैभन्दा ‘एड्भेन्चरस’ हुन्छन् । उनीहरूलाई रुटिन सेक्स वा धीमा गतिको सेक्समा रुचि हुँदैन । यिनीहरू अत्यन्त छिटो र तीव्र सेक्समा मजा मान्छन् । यिनीहरू अत्यन्त पारदर्शी पनि हुन्छन् । जस्ता छन्, त्यस्तै देखिन्छन् । यिनीहरूलाई सेक्समा पनि नयाँनयाँ प्रयोग गर्न रुचि हुन्छ ।
मकर राशी:
यस राशिका मानिस सेक्सअघि जति नै योजना बनाए पनि यिनीहरूलाई सेक्समा नयाँ प्रयोग गर्न मनपर्छ । साथै यस राशिका मानिस सेक्स गर्नुअघि राम्रो किसिमले पार्टनरबारे जान्न र सहज सम्पर्क स्थापित गर्न रुचाउँछन् । यिनीहरू परम्परागत सेक्स मनपराउँछन् ।
कुम्भ राशी:
कुम्भ राशि भएकहरू निकै उत्साहित र अप्रत्याशित प्रेमी हुन्छन् तर सधैँ आफ्नो पार्टनरप्रति निष्ठावान् र विश्वासी बनिरहन्छन् । यस राशिका मानिस पनि सेक्समा नयाँ प्रयोग गर्न रुचाउँछन् । यसका लागि उनीहरू ‘वाइल्ड’ तथा ‘फ्रि स्पिरेटेड’ सेक्समा रुचि राख्छन् ।
मीन राशी :
मीन राशिका मानिस संवेदनशील प्रेमी हुन् । यिनीहरूलाई आफ्नो पार्टनरलाई खुसी बनाउन मनपर्छ । यस राशिका मानिस रमाइला र मोहक हुन्छन् तथा यिनलाई उत्तेजक सेक्समा मजा आउँछ ।