काठमाडौं : यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो। तर, यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ। यस विषयमा धेरै अध्ययन भएका छन् भने लेख रचनासमेत लेखिएका छन्।
पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।
संवेदनशील अंगमा हातको प्रयोग
महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् ।सेक्सको शोधका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने स्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ। यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ।
यौन क्रिडामा पुरा ध्यान
ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान सम्भोगमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको माया बढी अनुभव हुने बताएका थिए ।
आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ ।
उत्तेजित पारुन्
महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।
विस्तारै गरेको राम्रो
यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।