सिमकोट : हुम्ला खण्डमा पर्ने १५ मध्ये तीन वटा सीमास्तम्भमा पुग्न नसकेर सीमा अध्ययन समिति फिर्ता भएको छ । शुक्रबार हेलिकोप्टरबाट बाँकी तीन वटा सीमास्थम्भको अध्ययन गर्ने कार्यक्रम रहेको भएपनि पाँच हजार मिटर भन्दा अग्लो स्थानमा हेलिकोप्टर उडान भर्न नसक्दा टोलीले अधुरो अध्ययनमै फिर्ता हुनु परेको हो ।
हुम्ला खण्डका चीनसँग पर्ने उत्तरी क्षेत्रका सीमास्थम्भहरुको अध्ययन समितिको टोली लिमी, लाप्चा र हिल्सा क्षेत्रमा रहेको सीमास्तम्भको अध्ययन गरे पनि ३,४ र ११ नम्बर पिलरमा नपुगेरी फिर्ता भएको छ ।
सिमकोटबाट टोली गाडीमा लाप्चा, लिमी र लिमीबाट पैदल हिल्सासम्म पुगेको टोली शुक्रबार हेलिकोप्टरबाट बाँकी तीन वटा पिलरको अध्ययन गर्ने भनिएको भएपनि टाकुलेमा हावा लागेको कारण फिर्ता भएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चीनसँगका सीमास्तम्भहरुको सीमा अध्ययन समिति लाप्चा र हिल्सा क्षेत्रका सीमास्तम्भहरुको अध्ययन गरे पनि ३,४ र ११ नम्बरमा नपुगेरै टोली फिर्ता हुनु परेको बताए ।
उनले संयोजक जय नारायण आचार्यको नेतृत्वमा सात सदस्यीय टोली भदौ २६ गते हुम्ला आएर भदौ २७ गते त्यसतर्फ लागेको थियो । यद्यपी उनले, लाप्चा क्षेत्रको १२ नम्बर र हिल्सा क्षेत्रका ५ देखि १० नम्बर सीमास्तम्भको अध्ययन कार्य गर्न टोली सफल भएको बताए ।
शुक्रबार संयोजक आचार्यको टोलीले पाँच हजार दुई मिटर अग्लो स्थानको टाकुलेमा रहेको ११ नम्बर सीमास्तम्भमा हेलिकोप्टरबाट गएर अध्ययन गर्ने कार्य भएको भएपनि त्यो पुरा हुन सकेन । टोलीकै लागि नेपाली सेनाको हेलिकोप्टर हिल्सा पुगेर टोलीलाई लिएर चार हजार मिटर अग्लो स्थानमा पुगेपछि हावाको कारण हेलिकोप्टरले उडान भर्न नसक्दा टोली सिमकोट हुँदै सुर्खेततर्फ लागेको छ ।
लाप्चा, लिमी र हिल्सा क्षेत्रका सञ्चार सम्पर्क हुन नसक्ने र हेलिकोप्टरमा हिल्साबाट फिर्ता आएको टोली सिमकोट बिमानस्थलमा टेकअपपछि सुर्खेतका लागि उडान भरेको कारण अध्ययनका बारेमा केही बाहिर आउन सकेको छैन ।
त्योसँगै शुक्रबारै टोलीले हेलिकोप्टरबाट हुम्ला खण्डमै पर्ने ३ र ४ नम्बर सीमास्तम्भ अध्ययन गर्ने कार्य पनि हुन सकेन । टोलीमा आचार्यका साथै उमेशराज जोसी, किशोर कुमार श्रेष्ठ, प्रदिप कुमार पाल, शुशिल डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन् ।
जसमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागीता रहेको छ । टोलीले नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने बाहेक अन्य कसैलाई पनि लिएको थिएन ।
दुई देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमास्तम्भ चीनले एकतर्फी पुनर्निर्माण गरेपछि हुम्लामा यसको विरोध हुँदै आएको थियो । नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सीमास्तम्भ नम्बर १२ पर्छन भने अन्य हिल्साको किट क्षेत्रका ५ ९१० र ९२०, ६ ९१० र ९२० , ७ ९१० र ९२०, ८ ९१० र ९२०, ९ ९ १० र ९२० नाम्खा –५ को हिल्सा र किट क्षेत्रमा पर्छन । यता नाम्खा– ५ कै यारी भित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भज्याङस्थित ३ नम्बर सीमास्थम्भ रहेको छ । भने, सोही क्षेत्रको नुमुच्चेमा रहेको ४ नम्बर सीमास्थम्भ रहेको छ ।
लाप्चामा चीनले लोलुङ जोङमा बनाएको भौतिक संरचना जसको नेपाली भुमिमा भवन निर्माण गरेको भन्दै विरोध हुँदै अएको थियो । यस्तै लाप्चामै चीनले एकतर्फी रुपमा पुनर्निर्माण गरेको १२ नम्बर पिलर पनि रहेको र त्यसको भने टोलीले अध्ययन गर्न भ्याएको जनाएको छ ।
यो पनि पढौं...