बागलुङः नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङले यहाँका दुई व्यवसायीलाई सम्मान गरेको छ । सङ्गठनको दोस्रो जिल्ला अधिवेशनका अवसरमा पुराना व्यवसायी लालचन्द्र राजभण्डारी र रतनप्रसाद मलेपती सम्मानित भए ।
अधिवेशनको उद्घाटन समारोहमा आज सङ्ठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठक र जिल्ला अध्यक्ष राजबहादुर थापाले उनिहरुलाई संयुक्तरूपमा दोसल्ला र सम्मानपत्र प्रदान गरे । राजभण्डारी सङ्गठनका संस्थापक अध्यक्ष र मलेपती पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य छन । राजण्डारी विगत ५५ वर्षदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सक्रिय छन । मलेपतीको खाद्यान्न पसल छ । सङ्गठन र व्यावसायिक क्षेत्रको प्रर्वद्धनमा टेवा पुर्याएबापत उनहरुलाई सम्मान गरिएको जिल्ला अध्यक्ष थापाले बताए ।
सम्मान ग्रहणपछि व्यवसायी राजभण्डारीले कठिन स्थितिमा जन्मेको सङ्गठन यहाँसम्म आइपुगेको स्मरण गरे । उनले सही विचार र दृष्टिकोणले व्यावसायिक क्षेत्रलाई पनि दिशानिर्देश गर्ने हुँदा आफू त्यसबेला सङ्गठनमा आबद्ध भएको उल्लेख गरे ।
सो अवसरमा विचार राख्दै सङ्गठनका केन्द्रीय अध्यक्ष पाठकले राष्ट्रिय अर्थतन्त्र सुदृढ नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताए । उनले सबल र स्वाधीन अर्थतन्त्र भएमा मात्र जनताको जीवनस्तर उकासिने उल्लेख गरे ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । विसं २०६४ मा स्थापित सङ्गठन व्यवसायीको हकहितका पक्षमा क्रियाशील छ । जिल्लाका दशवटै स्थानीय तहमा यसका एकाइ समिति छन् । सातसयभन्दा बढी व्यवसायी सङ्गठनमा आबद्ध रहेको जिल्ला अध्यक्ष थापाले जानकारी दिए ।
अध्यक्षमा राजभण्डारी चयन
यसैबीच नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङको अध्यक्षमा मुकेश राजभण्डारी चयन भए । आज आयोजना गरिएको दोस्रो अधिवेशनबाट मुकेश राजण्डारी सर्वसम्मतरूपमा अध्यक्षमा चयन भए । जिल्ला समितिको उपाध्यक्षमा गगन पुन, कौशिला घर्ती, सुरज विक र प्रकाश शर्मा चयन भए ।
समितिको महासचिवमा गोकुल कँडेल, सचिवमा प्रकाश रखाल, सहसचिवमा तुलसीनारायण भारी, कोषाध्यक्षमा मनकाजी विक तथा सह–कोषाध्यक्षमा नरबहादुर केसी रहेका थिए । यस्तै सदस्यमा कमला पुन, नरकुमार गौतम, गीता खड्का, राजु खड्का, गोविन्द सुवेदी, अजय मलेपती, तिल खत्री, जङ्गबहादुर राना, टेकबहादुर राना र हिदायत हुसेन रहेका छन । यस्तै महिला उपसमिति समेत गठन गरिएको छ । उपसमितिको संयोजकमा ललिता थापा तथा सदस्यमा नरमाया पुन र सम्झना श्रेष्ठ रहेका छन । रासस