१२ मंसिर, सुर्खेत । सल्यानका एक वडाध्यक्षले अर्काकी श्रीमति भगाएपछि जारी तिरेका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडाध्यक्ष इन्द्र कुमाइले गाउँकै एक स्थानीय महिलासँग तेस्रो प्रेम विवाह गरेपछि जारी तिरेका हुन् ।
महिलाको पहिलो श्रीमान नोखिराम बोहरालाई जारीसँगै उनको ऋणसमेत तिरिदिने सहमति भएको छ । सबैको सल्लाह र राय बमोजिम उनले ३ लाख ८० हजार जारी र ३ लाख ९५ हजार वोहराको ऋण तिरिदिने बताइएको छ ।
गाउँकै स्थानीय महिलालाई भगाएर महिलाको पहिलो घरबार र श्रीमानको बिचल्ली बनाएको भन्दै उनको चर्को आलोचना भएपछि प्रहरीले सुरक्षा दिइरहेको छ ।
वडाध्यक्षले बिहे गरेकी महिलाबाट दुई वटा छोराछोरी छन् ।