काठमाडौँ, २० जेठ । एकैदिनमा प्रदेश २ मा थप १२० मा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर दुईका स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत डाक्टर विजय झाका अनुसार धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट र बारामा गरी थप १२० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
उनका अनुसार रौतहटमा मात्रै ७४ जना नयाँ संक्रमित भेटिएका हुन्।
पछिल्लो समय प्रदेश २ मा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएको छ। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ।
‘आज ठूलो संख्यामा प्रदेश २ मा कोरोना संक्रमित भेटिएका छन्,’ प्रवक्ता झाले भने,‘हामी अहिले जिल्लागत र महिला पुरूष गरेर संख्या अहिले छुट्टयाउँदै छौं।’
यसअघि सोमबारमात्रै प्रदेश २ मा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।