स्थानीयलाई मास्क वितरण गर्दै- तस्विरः दिलमाया/कर्णालीखबर,जुम्ला
खलंगाः जुम्ला बजारमा मास्क बैंक स्थापना भएको छ । सबै भन्दा बढी भीडभाड हुने जुम्ला बजारमा मास्क नलगाएर हिड्डुल गर्दा कोरोनाको जोखिमलाई मध्यनजर मास्क बैकं स्थापना गरिइको हो ।
जुम्लामा मास्क बैंक स्थापना गरी, ‘हुनेले दिनुहोस, नहुनेले लिनुहोस्’ भन्ने मुल नाराका साथ जुम्ला बजारमा मास्क बैंक स्थापना गरिएको छ । मुख्य बजारको कृष्ण मन्दिरमा मास्क बैंक स्थापना गरिएको छ ।

यसले गर्दा मास्क नलागएर हिड्ने नागरिकलाई केही सहज हुनेछ । सरकारले सुरु गरेको नेपाल मास्क अभियान अन्तर्गत थप प्रभावकारी गर्न जिल्लामा मास्क बैंक स्थापना गरेको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताइन् ।

उनले जिल्ला कोभिड व्यवस्थापन समितिले स्थानीय प्रशासन, सुरक्षा निकाय र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयसहित सरोकारवालाहरुको समन्वयमा मास्क बैंक स्थापना गरिएको भनिन् ।
कसैको मास्क नभएको समयमा मास्क दिँदै मास्क लगाउन अनुरोध गर्ने र मास्क भएकाले मास्क दिएर अरुलाई सघाउने हिसावले मास्क बैंक स्थापना गरिएको हो ।

प्रजिअ प्रसाईका अनुसार अब बजारमा आउने सबैको मुखमा मास्क हुनुपर्छ । नभएकाहरुलाई बाल मन्दिरमा गएर मास्क लिनु र हुनेले नागरिकका लागि मास्क दिने अभियान अन्तर्गत सहयोग गर्न अपिल समेत गरिएको छ ।
मास्क बैकंमा मास्क छैन , मास्क हरायो , मास्क फोहोर भयो यहाबाट लिएर जानुहोस्, तापार्इसँग छ ,भने दिएर जानुहोस् भन्ने सन्देश लेखिएको पोष्टर राखिएको छ ।
धेरै जसोले मास्क भएर पनि मास्क प्रयोग नगर्ने तर कोहीको मास्क किन्ने आर्थिक अवस्था समेत नभएको हुँदा यो अभियान महत्वपूर्ण रहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए । उनले जिल्लाका सबै स्थानीय तह तथा बजार क्षेत्रमा मास्क बैंक गर्न आवश्यक रहेको बताए ।
मास्क वैंक भने सशस्त्र प्रहरीका निगरानीमा हुने छ । सशस्त्र प्रहरीले मुख्य बजार क्षेत्रमा मास्क नभएकालाई ड्यूटिनै दिएर मास्क खुला स्थानमा मास्क बैंकको व्यवस्थापनमा खटिएको छ । सशस्त्र प्रहरी गणका गणपति गगन श्रेष्ठका अनुसार मास्क दिने र लिने क्रम बढिरहेको छ ।
मास्कका बैंकका लागि सुरुमा जिल्ला जनस्वास्थ्य कार्यालयले सहयोग गरेको छ । तर अन्य व्यक्तिहरुले समेत मास्क बैंकमा दिन थालेका छन् । गैससहरु, व्यापारी, उद्योगहरु र सहयोगी व्यक्तिहरुलाई अनुरोध समेत गरिएको छ ।
यो पनि पढौं...