चितवन : घरबाट बेपत्ता भएको नौँ दिनपछि सुजिता भण्डारीको शव भेटिएपछि मुख्यतया तीनवटा प्रश्न उब्जिएका छन् । चितवनबाट बेपत्ता सुजाता भण्डारी युवती हुन् । उनको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको हो ।
उनको शव जंगलमा लत्रिएको अवस्थामा भेटिनुले मुख्यतया तीन प्रश्न जन्मिएका हुन् । प्रहरीको केन्दीय अनुसन्धान ब्युरो सिआइबीका एक वरिष्ठ अधिकारीका अनुसार उनको बलात्कार भएको आशंका बढेको छ ।
यद्यपी यसबारे विस्तृत परीक्षण रिपोर्ट आउन बाँकी छ । बलात्कारका लागि उनी बाटोमा हिड्दै गर्दा अपहरण भएको दोस्रो आशंका छ । अपहरणकै बेला उनलाई जबर्जस्ती जंगलमा लैजादै गर्दा उनी चिच्याएपछि मुख थुनेर केही समयसम्म बलात्कार भएको आशंका बढेको छ ।
एक वा दुई जना नभई युवाहरुको समूहले नै सुजितामाथि बलात्कार भएकोतर्फ अनुसन्धान केन्द्रीत गरिएको छ । यद्यपी सामूहिक बलात्कारबारे पर्याप्त प्रमाण शरिरमा देखिएको छैन । त्यसैले सामूहिक बलात्कार कति जनाबाट भयो ? भन्ने खुल्न बाँकी छ ।
पहिले अपहरण, त्यसपछि बलात्कार र दुवै अपराधबाट उम्किन सुजिताको हत्या गरेर जंगलामा शव फालिएको प्रहरी आशंका छ । अपराधिक कर्मबाट जोगिन र प्रहरीको अनुसन्धान समेत फेलियर गर्न जंगलमा विषाक्त औषधिको बट्टा सँगै फालिएको हुन सक्ने प्रहरीको आशंका छ ।
यद्यपी अहिलेसम्म सुजिताको दुष्मनी त्यस्तो कुन व्यक्तिसँग थियो भन्ने खुल्न बाँकी छ । जंगलमा घटना घटेकाले सीसीटिभी क्यामेराबाट अनुसन्धान बलियो हुने सम्भावना पनि छैन ।
सुजिता स्वयंमले आफूलाई अपहरण गरिएको भनेर फोनमा बताएकाले उनको अपहरणपछि बलात्कार गरेर हत्या गरिएको आशंका छ । अपहरण गर्नेमा तीन जनाको सलंग्नता देखिएपनि त्यो विवरण खुलेको छैन । सीआइबीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।