काठमाडौँ । स्वस्तिमा खड्काको र्शीष भूमिका रहेको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको उक्त गीतमा स्वस्तिमा, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा फिचर्ड छन्।
प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ । गीतमा खेम सेन्चुरी र दीपिका बयाम्बु मगरको स्वर रहेको छ। साथै, सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेखेका हुन्।
बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा , रवीन्द्रसिंह बानियाँ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठलगायतको अभिनय रहेको छ।
उक्त फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्। यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद थापा र प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्।