काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा मलेसियन सुपर वुमन सिरिज र टी-२० सिरिज खेल्ने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ ।
यसअघि तयारी स्वरूप टोलीका खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा सहभागी हुनेछन्। उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुल्नेछन्।
त्यस्तै नेपाली महिला टिमले अक्टोबर २ देखि ८ सम्म मलेसियाको राष्ट्रिय महिला क्रिकेट टिमसँग ५ वटा टी-२० सिरिज खेल्ने समेत कार्यक्रम रहेको छ ।
नेपाली महिला क्रिकेट टोली
इन्दु बर्मा, पुजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् ।