जुम्लाका अविनाश बुढ्थापा एकाएक चर्चामा आए । हुन त उनको नाम भन्दा पनि उनको कामको चर्चा एक्कासी बढेको हो । जुम्लाको अस्पताल रोडमा रहेको उनको ब्लाक स्टोन बेकरी तथा कफी सपको चर्चा त्यसबेला चुलियो, जब राजा ज्ञानेन्द्रका नाति हृदयेन्द्रको जुम्ला तथा मुगु भ्रमणको एउटा भ्लग बाहिरियो । हृदयेन्द्रले आफ्नो जन्मदिनको अवसर मिलाएर यो भ्लग सार्वजनिक गरेका थिए । बिभिन्न सामाजिक सञ्जालहरु तथा यूटूयुमा समेत राखिएको यो भिडियो अहिले सम्म सबै हेर्दा १० लाख भन्दा बढीले हेरिसकेका छन् ।
जसरी यो भिडियो धेरैले हेरे, त्यसै गरि यहाँ भित्र रहेका पात्रहरु पनि चर्चामा आए । यस भ्लगसंगै चर्चामा आएका अर्का पात्रा हुन् पञ्चकली बुढा र उनले गाएको देउडा । त्यस्तै चर्चामा आएको ब्लाक स्टोन बेकरी पनि हो । यहि कफी सपमा हृदयेन्द्र पुगेर अमेरिकानो कफी पिए साथमा बेक चिज केक पनि चाखे । अहिले जुम्लामा चर्चामा बेक चिज केक रहेको र यसलाई केही बढी आउने गरेको अविनाशले स्विकार गर्छन् ।
हुन त हृदयेन्द्रको यात्रा क्रममा जुम्लाको स्याउको चर्चा पनि भएको थियो । साथै कुराकानी गर्दै गर्दा टेबलमा प्लेट भरि स्थानीय उत्पादनको दाँते ओखर पनि राखिएको थियो । जुन खाँदै गरेको समेत देखिन्छ । तर बिशेष चर्चा भने अविनाशको कफी सपले नै पायो । केही समय अगाडि नेपथ्यका अमृत र भुषण दाहाल पनि सोही कफी सप पुगेर कफीको चुस्की लिएका थिए । तर त्यसबेला अविनाशको कफी सपको चर्चा खासै भएन । काठमाडौबाट जुम्ला पुग्ने प्राय घुमन्तेहरु उनको कफी सपमा पुगेकै हुन्छन । तर पनि चर्चामा खासै ल्याउने गरिदैन ।
जुम्लामा जन्मिएर काठमाडौमा पढेर बिदेश जाने आफ्नो योजना समेत त्यागेर आफ्नै जन्मथलोमा केही गरौं भनेर जुम्ला फर्किएका अविनाश अचेल भने आफ्नो ब्यापारबाट अलि सन्तुष्ट छन् । जुम्लाका 'बिजुली बा'का रुपमा चर्चित ब्यक्तित्व विष्णु बुढ्थापाका कान्छो छोरा हुन अविनाश । बुबा पनि ब्यापारी भएकै कारणले उनले पनि ब्यापार गर्न तर्फ हौसिएका हुन् ।
जुम्लामा बिद्युत प्राविधिकरणको कार्यालय स्थापना नहुँदै साना जलबिद्युत उपभोक्ता समितिका अध्यक्ष रहेर जुम्लामा सबैलाई बिद्युत तथा लोडसेडिङ मुक्त बनाउन निकै मेहनत गरेका थिए बिजुली बा ले । त्यसैले नै जुम्लामा वहाँलाई बिजुली बा भन्ने गरिन्छ । शुरुमा बिद्युत प्राविधिकरणले आफ्नै कार्यालय नखोले पनि पछि भने शाखा कार्यालय खोलेर अचेल विद्युत वितरणको काम आफै गर्ने गर्दछ । केही वर्ष अगाडि नेपाल बिद्युत प्राविधिकरणले बिजुली बालाई सम्मान समेत गरेको थियो ।
एग्रिकल्चर साइन्समा डिप्लोमा गरेका अविनाश बिदेश जाने सोचमा थिए । तर साथीहरुबाट बिदेशमा पनि कमाइ खासै नभएको तथा जीवन निकै सकस रहेको थापा पाए पछि स्वदेशमा नै केही गर्न तम्सिएर आफ्नै गाउँ जुम्ला फर्किएका थिए । बुबासंग सल्लाह गरेर काठमाडौमा बेकरी तालिम लिए । केवल एक महिना तालिम लिएर गाउँ फर्किए । कृषी बिकास बैंकबाट केही ऋण लिएर ब्लाक स्टोन बेकरी र कफी सप खोले । तालिम खासै नलिए पनि आफ्नै मेहनत र यूट्युवको सहायताले बिभिन्न किसिमका बेकरी तथा आइस क्रिम बनाउन सिके ।
शुरुका केही महिना बेकरी चलेन । ग्राहक खासै थिएन । सिक्दै बनाएका बेकरी नबिके पछि आफै पनि खाने गर्दथे । तर पछि बिस्तारै चल्न थाल्यो । उनको ब्यबसायमा उनि सन्तुष्ट छन् । बेला बेला उनको कफी सपमा आउने बिशिष्ट पाहुनाले उनको कफी सपको चर्चा जुम्लामा बिशेष चल्ने गर्दछ । हालै युवराज हृदयेन्द्रको भ्लगले गर्दा उनको कफी सपको चर्चा अझ बढेको छ ।
अविनाशसंग कुरा गर्दा हृदयेन्द्रको आगमन र बसेर कफी पिएको चर्चा भने जुम्लामा निकै फैलिएको छ । उनले हृदयेन्द्रलाई चाख्न दिएको केक चाख्न आउनेहरु भने ह्वाट्टै बढेको छ । उनको अनुमानमा अन्दाजी २० प्रतिशत ब्यापार पनि बढेको छ ।
हामी जसरी जुम्ला घुम्न गयौ, त्यसरी नै हृदयेन्द्र पनि जुम्ला पुगे । उनको यात्रा वा उनको भ्लगले जुम्लाको पर्यटनको आकर्षण अवश्य बढ्ने छ । जुम्ला पुग्ने हामी सबैले पञ्चकली बुढाको देउडा सुन्ने अवसर पाउन सक्दैनौ । तर अविनाशको कफी सपमा पुगेर केही ब्यापार भने गराइदिन सक्दछौ । यो केवल अविनाशका लागि मात्र होइन ।
देशमै बसेर केही गर्छु भन्नेहरुका लागि सबैले गर्नैपर्ने सहयोग पनि हो । युवा सबै बिदेशीए देशमा राज्य चलाउनेहरुको मनोमानी बढ्छ । युवाहरुको बिदेश पलायनलाई बिस्तारै स्वरोजगार सिर्जना गराउन प्रेरित गराएर रोक्नुपर्दछ । अविनाशहरु जस्ता थुप्रैलाई कामको प्रेरणा दिलाउनु पर्दछ ।
[इतिहासकार सुनिल उलकले लेखेको यो प्रोत्साहनमुलक टिप्पणी हामीले उहाँकै फेसबुकबाट लिएका हौँ : सम्पादक]