कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिका–६ राताखालका रमाने विश्वकर्माको परिवारलाई आगलागी पीडितका रूपमा विभिन्न संस्थाले राहत प्रदान गरेका छन्।
गत शनिबार दिउँसो अकस्मात लागेको आगोले विश्वकर्माको घर पूर्णरूपमा जलेर नष्ट भएको थियो। उक्त आगलागीमा घरसँगै लत्ताकपडा, भाँडाकुँडा, अन्नपात, गरगहना र १३ घर माहुरीसमेत जलेर नष्ट भएका थिए। आठ सदस्यीय परिवार एकाएक बिचल्लीमा परेको थियो।
साना बालबालिका बढी प्रभावित भएकाले प्लान इन्टरनेसनल नेपाल र किर्डाक नेपालको साझेदारीमा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत राहत सामग्री वितरण गरिएको हो। नरहरिनाथ गाउँपालिकाको समन्वयमा वितरण गरिएको राहत सामग्रीमा चामल, नुन, तेल, साबुन, कम्बल, डसनालगायत दैनिक उपभोग्य वस्तुहरू समावेश गरिएको थियो। साथै, बालबालिकाहरूको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै कापी, डटपेनलगायत स्टेशनरी सामग्रीहरू पनि प्रदान गरिएको छ।
गाउँपालिका उपाध्यक्ष कमलकुमार शाहका अनुसार वितरण गरिएका सामग्रीहरूको मूल्य करिब १० हजार रुपैयाँ बराबरको रहेको छ। राहत वितरण उपाध्यक्ष शाहको रोहबरमा परियोजनाकी कार्यक्रम अधिकृत रमिता बटालाले बुधबार हस्तान्तरण गरेकी थिइन्।
सशक्त बालिका परियोजना संयोजक बलिराज शाहीले आगलागीबाट प्रभावित परिवारलाई यस्ता सहायताले तत्कालको राहत प्रदान