रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम खलंगामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमसम्बन्धी छलफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन सरोकारवालाबीच व्यापक छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले वैदेशिक रोजगारसँग सम्बन्धित कानुनी व्यवस्था, ठगीका घटना, समाधानका उपाय र प्रमाण संकलनका विषयमा जानकारी दिए । प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकले वैदेशिक रोजगारमा सरकारको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै नागरिक पनि सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुसिकोट नगरपालिकासहित सानीभेरी, त्रिवेणी, बाँफिकोट, आठविसकोट, र चौरजहारीका जनप्रतिनिधि, प्रशासकीय अधिकृत, सुरक्षा निकाय, रोजगार संयोजक र पत्रकारहरूको उपस्थिति रहेको थियो ।
कर्णाली प्रदेश मन्त्रालयका उपसचिव खिमानन्द अर्यालका अनुसार, आर्थिक वर्ष २०८२र८३ मा कार्यक्रम थप तीन स्थानीय तहमा विस्तार हुनेछ भने बाँकी पालिकामा पनि क्रमशः लागू गरिनेछ । कार्यक्रममार्फत नागरिकले स्थानीय तहबाटै वैदेशिक रोजगारसम्बन्धी जानकारी तथा सेवा पाउनेछन्।