सल्यान । बेमौसमी तरकारी उत्पादनका लागि प्रसिद्ध कपुरकोटमा हाट बजार सञ्चालनमा आएको छ। कृषि उपज बजार सञ्चालन समिति कपुरकोटका अनुसार जेठ २७ देखि हरेक साता मङ्गलबार र शुक्रबार हाट बजार लाग्नेछ ।
कपुरकोट, त्रिवेणी (सल्यान), रोल्पा र दाङका किसानले उत्पादन गरेका गोलभेंडा, बन्दागोभी, फुलगोभी, बोडी, खुर्सानी, काँक्रो, गाजरलगायतका ताजा तरकारी बजारमा ल्याइएका छन् ।
पहिलो दिन टमाटर प्रतिकिलो रु ६०–६५, फुलगोभी रु ५५–६०, भेडे खुर्सानी रु १००–१०५, काँक्रो रु ३०–३५, धनियाँ रु २०० मा बिक्री भएको समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिए ।
यहाँको तरकारी दाङ, नेपालगञ्ज, बुटवल, नारायणगढ र पोखरा लगायतका सहरहरूमा निर्यात हुने गरेको छ।