सल्यान । आगामी एसीसी मेन्स यू–१६ इष्ट जोन कप २०२५ का लागि सल्यान जिल्लाको क्रिकेट टोली घोषणा गरिएको छ। दुई दिनसम्म खलंगामा सम्पन्न जिल्ला स्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका १४ खेलाडी अन्तिम टोलीमा समावेश भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत सल्यान जिल्ला क्रिकेट संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट छानिएका खेलाडीहरू अब प्रदेशस्तरीय प्रतियोगितामा सल्यानको प्रतिनिधित्व गर्नेछन् ।
जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालका अनुसार टोलीको कप्तान चाँडै चयन गरिने र प्रदेशस्तरीय छनोटका लागि आवश्यक तयारी अगाडि बढाइएको छ।
टोलीमा सुमित भण्डारी (विकेट किपर), मिशन बस्नेत, अनिश डाँगी, विष्णु वली, कुशल डाँगी, विमोचन थापा, जोखिराम केसी, सन्देश वली परेका छन् । यस्तै देवराज वली, सुर्य सुनार, प्रिन्स सेजवाल, अमर बस्नेत, सागर बस्नेत र आर्यन सेजवाल पनि टिममा अटाएका छन् ।
महेश बटाला, गोविन्द वली, रमित बिष्ट र विश्वास थापा वैकल्पिकमा परेका छन् । टिम प्रशिक्षकमा कुल बहादुर थापा र टिम व्यवस्थापकमा यज्ञ बहादुर खड्का रहेका छन् ।