सल्यान : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सल्यानले बनगाड कुपिण्डे नगरपालिकाको बाँझकोट  स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।  स्वास्थ्य चौकीमा पुगेर राप्रपाको टोलीले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । 
शनिबार स्वास्थ्य चौकीमा एक कार्यक्रमकाबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष  नेत्रलाल श्रेष्ठ, क्षेत्रीय अध्यक्ष शिव वली, नगर अध्यक्ष डिल्ली रानाले स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र केसीलाई अक्सिजन कन्सन्ट्रेटर मेशिन हस्तान्तरण गरेका थिए ।  उक्त पार्टीले केही समयअघि नगरकै वडा नम्बर १ देवस्थल स्वास्थ्य चौकीमा उक्त मेशिन हस्तान्तरण गरेको थियोे ।

कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्न पाउँदा खुशी भएको बताए । उनले यो सहयोगले जनतालाई राहत हुने विश्वास व्यक्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले धेरै जन उपयोगी काम गरेको समेत बताए । साथै यसअघि श्रेष्ठले  विद्यालयमा इन्टरनेट जडान,  मुटु स्वास्थ्य शिविर, युवा रोजगार मुलक तालिम लगायत यस्ता खाल्का मेशिन सहयोग गर्दै आएको जनाए । 
कार्यक्रममा जिल्ला प्रवक्ता तथा  युवा मोर्चाका विमर्श प्रधान, अन्जित श्रेष्ठ, वीरेन्द्र भँडेल, समाजवादीका जिल्ला कमिटी सदस्य टोपवहादुर विष्ट, नेपाली कांग्रेसका खगेन्द्र बीसी, एमालेका केसर राना, वडा ५ का कार्यवाहक वडाध्यक्ष गोपबहादुर कामी, वडा ४ का वडाध्यक्ष मोमत रोका लगायतको उपस्थिती रहेको थियो । 

नगर अध्यक्ष रानाको सभा अध्यक्षतामा भएको कार्यक्रम जिल्ला उपाध्यक्ष तथा सचिवालय  प्रमुख बालाराम शर्माले सञ्चालन गरेका थिए ।  राप्रपाले जिल्लाका ६ ठाउँमा  अक्सिजन कन्सन्ट्रेटर  सहयोग गरिसकेको छ ।  
राप्रपाको यो कामप्रति स्थानीयले स्थानीयले प्रशंसा समेत गरेका छन्  । सबै ठाउँमा राजनितिक दल सत्तामा पुगेकाले निकै भ्रष्टाचार गरिरहेको अवस्थामा राप्रपाले भने नागरिकका लागि काम गरेर देखाएको बताइएको छ ।