सल्यान : बनगाड कुपिण्डे नगरपालिका-५ मा रहेको बाँझकोट स्वास्थ्य चौकीमा अब देखि कुपोषित बालबालिकाको उपचार हुने भएको छ । आज एक कार्यक्रमकाबीच उक्त स्वास्थ्य चौकीमा कुपोषण भए नभएका बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ । नगर स्वास्थ्य संयोजक वासुदेव पोख्रेलका अनुसार, नगरको यो स्वास्थ्य चौकीमा कुपोषित बालबालिकाको स्वास्थ्य उपचार हुने भएको छ ।

कुपोषित बालबालिको उपचारका लागि यसअघि नेपालगञ्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो । उक्त बाध्यता हटेको छ । सोमबार मात्रै सो स्वास्थ्य केन्द्रमा ३ सय ४ बालबालिकाको स्वास्थ्य जाँच गरिएको छ ।
क्त चेकजाँचमा १ जना वच्चामा मध्यम शिघ्र कुपोषण भेटिएको छ । कुपोषित न्युनिकरणका लागि अबदेखि दैनिकी चेकजाँच समेत हुने र तालिम दिएर टोल टोलमा महिला स्वास्थ्य स्वयंसेविकालाई समेत जनचेतनाका लागि खटाइने जनाएको छ ।
साथै ६ महिनादेखि २ वर्षबीचका उमेर समुह ७८ जना बालबालिकालाई भिटामिन दिइएको छ । बालबालिका आमालाई बच्चाहरुको हेरचाहका लागि चेतनामुलक कार्यक्रम समेत राखिएको थियो । शिघ्र कुपोषण एकीकृत व्यवस्थापन वहिरङ उपचार केन्द्र बाँझकोट स्वास्थ्य चौकी मुलखोलामा आज धेरै बालबालिकाहरुको उपचार भएको छ ।

कार्यक्रम वडा ५ का कार्यवाहक वडाध्यक्ष गापी सुनार, वडा ४ का वडाध्यक्ष मोमत रोका, स्वास्थ्य शाखा प्रमुख पोख्रेल, टोपवहादुर विष्ट, थलवहादुर परियार लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम शिघ्र कुपोषण एकीकृत व्यवस्थापन वहिरङ उपचार केन्द्र बाँझकोट स्वास्थ्य चौकी मुलखोलाको कुपोषित बाल उपचार केन्द्र उद्घाटन कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्र केसिले गरेका थिए ।