एजेन्सी : के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन। महिलाहरुका लागि सेक्स किन आवश्यक छ र यसको फाइदा के हो थाहा पाउनुहोस्ः
दुखाईबाट मुक्तिः दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधि हो । सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पीडा र दुखाई कम गर्दछ।
स्वस्थ छालाः डीएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ। यो तत्वले छालालाई स्वस्थ, डण्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्दछ।
पाठेघरको क्यान्सरः पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्दछ। सेक्सपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ।
तनाव कम गर्ने माध्यमः तनावले धेरैजसो मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ। तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो। सेक्सको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ।
मिठो निन्द्राः सेक्सले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ।
रोग प्रतिरोधात्मक क्षमताः कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्दछन । यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने सेक्स गर्नुहोस । सेक्स गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ।
मुटुको रोगः धेरैजसो मानिसमा मुटुको रोग हुने गर्दछ। तर सेक्सले मुटुको रोगबाट बचाउन सक्छ ।