काठमाडौं : मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो। अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रूपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे ।
मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ। छालाका लागि मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रूपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ। फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ। छाला चोटमा पनि यो लाभकारी हुन्छ।
मेवा म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन तथा क्यारोटीनयुक्त तथा डायटरी फाइबरले भरिपूर्ण हुन्छ । जसले मानव शरीरलाई अत्यन्तै हित गर्छ । यस्तो हितकारी फल सबैका लागि उपयोगी नहुन सक्छ । त्यसैले मेवा खानेबेलामा ध्यान दिन आवश्यक छ । यस्ता छन् फाइदाः
तौल घटाउन
गुलियो भएता पनि क्यालोरीमा कम मेवालाई तौल कम गर्न चाहना राख्नेहरुले आफ्नो खानामा समावेश गर्नुपर्छ । यसका साथै मेवामा पाइने फाइबरले तपाईंको भोकलाई मेटाउने गर्दछ भने आन्द्राको कार्यलाई ठिक स्थानमा राख्दछ । फलस्वरुपः तौल घटाउन सजिलो हुने गर्दछ ।
आँखा
मेवा आँखाका रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन ए पाइने भएकाले आँखाको ज्योती कम हुनबाट जोगाउँछ । यसको सेवनले रतन्धो रोगको निवारण हुन्छ र आँखाको ज्योती बढ्ने गर्दछ ।
छाला सफा राख्न
मेवाको दानाले छालालाई सफा राख्न पनि मद्दत गर्छ । यसको दानालाई अनुहारमा लगाउन सकिन्छ जसले अनुहारमा हुने दागधब्बा, चाउरी आदिलाई कम गर्छ ।
महिनावारीको पीडाबाट छुटकारा
मेवामा पेपेन नामक एन्जाइमले महिनावारीको क्रममा रक्त प्रवाहलाई ठिक गरेर पीडा कम गर्न मद्दत गर्दछ । त्यसकारण महिनावारीको पीडाबाट गुज्रिरहेका महिलाले आफ्नो आहारमा मेवालाई समावेश गर्नुपर्छ ।
क्यान्सरलाई रोक्न प्रभावकारी
केही अध्ययनका अनुसार मेवाको सेवनले कोलन र प्रोजेक्ट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । मेवामा एन्टी–अक्सिडेन्ट, फिटोन्यूट्रियन्ट्स र फ्लेवोनायड्स प्रचुर मात्रामा हुन्छन् । यसका साथै, यसमा पाइने भिटामिन सी, बीटा क्यारोटिन र भिटामिन इले शरिरमा क्यान्सरको सेल बन्नबाट रोक्छ त्यसकारण आफ्नो आहारमा मेवा समावेश गर्नुहोस् ।