काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । ५ हजार बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ लाख १ हजार ९ सय ९१ जना संक्रमित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । जहाँ पछिल्लो चौबिस घण्टामा ३ हजार ६ सय बढी संक्रमित थपिएका छन ।
अहिलेसम्म कोरोनाले भारतमा ५ हजार ६ सय ३८ जनाको ज्यान गएको छ । संक्रमित संख्या बढेसँगै निको हुनेको संख्या पनि बढ्दो छ । अहिलेसम्म झण्डै एक लाख संक्रमित निको भएर घर फर्किएका छन भने एक लाख बढीको उपचार भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म ९६ हजार संक्रमित निको भएर घर फर्किएका छन । अहिले पनि ८ हजारको अवस्था गम्भिर छ । ९९ हजारको पनि सँगै विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । दुई लाख धेरै संक्रमित हुने भारत विश्वको सातौ देश हो । सबैभन्दा धेरै अमेरिकामा साढे १८ लाख संक्रमित छन भने दोस्रो स्थानमा रहेको ब्राजिलमा ५ लाख २९ हजार संक्रमित छन ।