पढ्न गएकी थिएँ म,
तथ्य र तरिका बुझ्न, इतिहास जान्न,
छाउपडीको कथा खोज्दै, सोच्दै,
अनि कहिले, कुन क्षण,
छाउगोठमै पुगेर ढलेछु म ।
सायद पाइलाहरू थिए छोटा,
तर सपना थिए उचाइका।
एउटा कदम, अर्को दौड, अनि फेरि एउटा धोका-
सयौं पाइला पछाडि फर्केर हेरें,
अझै किन म यहीँ छु ?
'सानो छे नि, सकिनेस्,' भन्छ समाज,
तर म मात्र सानी भएर होइन
यो पीडा त पुस्तौं पुरानो छ-
हजुरआमा, आमा, दिदी‘
सबैका छायाँहरू यसै भित्तामा टाँसिएका छन्।
म उनीहरूको सास सुनिरहेकी छु,
घाँस–परालमा टाँसिएको पीडाको गन्ध सुँघिरहेकी छु।
पल्लो घरकी कान्छी-
रजस्वला भएपछि घरमै शिर उठाएर सुत्छे रे।
काकाकी छोरी रमाउँछे रे,
शुद्ध, स्वादिलो खाना पकाउँछे रे।
काकाकी छोरीका दिनहरू
मेरो जस्तै किन भएनन् ?
म त मेरो अस्तित्वमै हराएकी छु,
मेरा बुबा–आमालाई कसले सिकायो होला यो भय ?
म भन्छु, मेरो छोरीले त सहनु पर्दैन।
ऊलाई जब जरुरी छ म, म उसको साथ हुनेछु।
आमाको मन दुख्दैन होला ?
जब म रातको अँध्यारोमा, रगतको पीडामा
काँपिरहेकी हुन्थेँ-
अनि उहाँले म छोइन्छु कि भनेर अँगाल्न सक्नुहुन्नथ्यो।
फर्कने बाटो कहाँ हो ? बुझ्न सकिन।
म भित्रै परिवर्तनको आगो सल्किरहेको छ-
तर समाज ?
मलाई केही भा’थ्यो भनेर सम्झन पनि चाहँदैन।
म के थिएँ ?
कस्तो परिस्थिति थियोरु
किन मलाई यो शून्यमा थन्क्याइयोरु
प्रश्न छन् हजारौँ-तर उत्तररु
अझै सुन्य नै छ।
तर अब म मौन बस्दिन-
मेरो छोरीका लागि,
मेरो आमाको अधुरा आवाजका लागि,
र आफ्नै आवाजका लागि।