सुर्खेत : मंसिर १० देखि १२ गते सम्म चितवनमा हुँने नेकपा (एमाले) को १०औँ महाधिवेशनका लागि कर्णालीका विभिन्न जिल्लाबाट एमालेले प्रतिनिधि चयन गर्नेकाम थालेको छ । हाल सम्म कर्णालीका तीनवटा जिल्ला (कालिकोट, जाजरकोट र हुम्ला) मा एमालेले महाअधिवेशनका लागि पदाधिकारीको टुंगो लगाएको छ ।
महाधिवेशनका लागि एमाले हुम्लाले हुम्लाले ११ प्रतिनिधिको नाम टुंगो लगाएको छ । एमाले हुम्ला अध्यक्ष दल रावलका अनुसार महाधिवेशन प्रतिनिधि चयन हुनेहरुमा दल रावल, दल फडेरा, ज्ञानी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, नोजंग तामांग, सौमती ऐडी रुपा शाही रहेका छन । त्यस्तै दलित तर्फबाट कालिबहादुर नेपाली, सुनमती दमाई महाधिवेशन प्रतिनिधिमा चयन भएका छन ।
त्यस्तै (नेकपा) एमाले कालिकोटले शनिबार महाधिवेशन का लागि १४ जना प्रतिनिधिको छनौट पनि सर्वसम्मत नै गरेको छ । एमाले कालिकोटका अध्यक्ष नागेन्द्र शाही (नेशनल) का अनुसार खुलाबाट नगेन्द्र शाही (नेशनल), रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा र वकिल बम छानिएका छन ।
त्यस्तै महिलाबाट पार्वती सिंह र तारा शाही छानिएका छन । भने दलितबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा र गोमा नेपाली चुनिएका छन् । त्यस्तै एमाले अधिवेशनका लागि जाजरकोटबाट ९ जना पदाधिकारीहरु चुनिएका छन् । एमाले जाजरकोटका अनुसार महाधिवेशनका लागि सबै प्रतिनिधिहरू सर्वसम्मतनै चयन भएको जनाएको छ ।
चयन हुँने हरुमा खुल्लाबाट करवीर शाही, लालबहादुर महतारा, डम्बरबहादुर सिंह, सि.पी घर्ति (चन्द्रप्रकाश), वेदबहादुर शाही, प्रेमप्रसाद घर्ति सर्वसम्मत चयन भएका छन् । त्यस्तै महिला खुल्लामा कौशिला खत्री (शाही) र हरीकला जैसी चयन भएका छन् भने दलितबाट नवेन्द्र नेपाली सर्वसम्मत चयन भएका हुँन् । कर्णाली बाँकी जिल्लाहरूमा एमालेले कसलाई पदाधिकारी चुन्ने भनेर छलफल चलिरहेको एमाले कर्णाली प्रदेशले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८ १८:००