काठमाडौँ । नेपाली फिल्म 'गोर्खा वारियर'को टीजर सार्वजनिक भएको छ । निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको यो चलचित्रको टिजर लकडाउन र भारतले नेपाली भूमि मिचिरहेका बेला सार्वजनिक गरिएको हो ।
टीजरमा गोर्खा सैनिकबारे अन्तराष्ट्रिय शासकहरुले भनेका तथ्यहरु प्रस्तुत गरिएको छ । टीजरमा क्याप्टेन विजय लामा छन् । चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, माओत्से गुरुङ, कविता आले, रुपा पुन लगायतको अभिनय छ ।
तर टीजरमा विजय लामा र प्रशान्त लामालाई मात्रै राम्रोसँग देख्न सकिन्छ । यो फिल्म निर्माण भइसकेको छैन । तर फिल्मको प्रचारका लागि टीजर निर्माण गरिएको निर्देशक चाम्सको भनाई छ । लकडाउनपछि छायांकन हुने यो फिल्ममा केही हलिउड कलाकारको पनि अभिनय रहनेछ ।
यो फिल्म ५० प्रतिशत हलीउड प्राविधिक राखेर नेपाली र अंग्रेजी भाषामा बनाउने चाम्सले बताए । लण्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने तयारी पनि रहेको उनले बताए । यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने फिल्मका लागि थप एक अभिनेत्रीको खोजी भैरहेको निर्माण पक्षले बताएको छ ।
यो फिल्म अर्को बर्ष रिलिज हुनेछ ।