डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद
काठमाडौं । सरकारले काठमाडौं निषेधाज्ञा खुकुलो बनाएको छ । यो निर्णय आम जनताको पक्षमा छ । हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन । आम जनतालाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हाृे । अब सरकारले बल हाम्रो हातमा दिएको छ ।
।
अब हामी सबैले खुकुलो भएको निषेधाज्ञामा यी कुरामा बिचार गरौ :
- बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने, सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने ।
- काम गर्न बाहिर जाने व्यक्तिसंग दुरी कायम गर्ने । कुरा गर्दा मास्क लगाउने ।
- मर्निङ वाक वा इभिनिङ वाक घरमै गर्ने ।
- खुल्यो भनेर विनाकाम घरबाहिर नजाने । घरबाहिर जति छोंटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ ।
- घरबाहिर निस्कँदा अनिवार्य रुपमा सहि तरिकाले मास्क लगाउने ।
- सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने । भीडभाडमा नजाने, भीडभाड नगर्ने ।
- सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा लगाउने । स्यानिटाइजरले हात सफा गरिरहने ्र बिशेष सतर्क हुने ।
- हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरि काउन्टरको व्यवस्थापन गर्ने, मास्क नलगाएका ग्राहकलाई मास्क दिने ।
- सबैको लागि ठूलो स्यानिटाइजर राख्ने ्र झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने ।
- सकभर हरेक पसलमा सस्तो मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने ।
- ग्राहक व्यवस्थापन कुशल ढंगले गर्ने । भीडभाड नगराउने ।
- पसल र हरेक सामान संक्रमणरहित बनाउने ।
- चियापसल, कफीसप तथा पसलमा साथीहरु संगै बस्ने ।
- गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने ।
- कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन ।
- हरेक व्यक्तिसंग सुरक्षित व्यवहार गर्ने ।
- सामान किन्दा धेरै छान्ने काम नगर्ने ।
- किनमेलको लिस्ट घरमै बनाएर जाने ।
- पसलहरुमा एकदम छोंटो समय बिताउने ।
- जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ ।
- सकभर तरकारी बजारबाट तरकारी नकिन्ने ।
- घर नजिकको पसलबाट किन्ने ्र बसेर छान्ने, छाम्ने काम नगर्ने ।
- डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन ।
- तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने ्र लामो समय नबिताउने ।
- भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने ।
- कमाउने कुरा पैसासंग मात्र जोडिएको हुँदैन । पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन ।
- बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने ।
- क्यासलेस लेनदेनलाई प्रेरित गर्ने ।
- टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने, फाइललाई डिजिटल बनाउने ।
- रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने ।
- बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ ।
- सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने ।
- आफ्नो पसल जति धेरै सफा गरिन्छ ।
- जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ ।
- त्यति धेरै चल्छ ्र यो सुत्र सबैले अपनाउने ।
- कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने ।
- नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने ।
- ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो ।
- हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ ।
- संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन, हामी पनि सुरक्षित हुन्छौं ।