१२ मंसिर, एजेन्सी । भारत र अष्ट्रेलियाबीचको पहिलो एकदिवसीय क्रिकेट शुरु भएको छ । सिड्नीमा शुरु भएको पहिलो एकदिवसीयमा अष्ट्रेलियाले टस जितेर व्याटिङ शुरु गरेको छ । कोरोना भाइरसपछिको पहिलो ठूलो खेलका रुपमा हेरिएको एकदिवसीयमा कंगारु टोलीले राम्रो शुरुवात गरेको छ ।
पहिलो १० ओभरमा ५० रन बनाउँदा अष्ट्रेलियाले कुनै विकेट गुमाएको छैन् । कप्तान आरोन फिन्च र डेभिड वार्नरले शानदार व्याटिङ गरिरहेका छन् ।
भारतका मोहम्मद शामी, जस्प्रित बुम्राह र नवदीप सैनीले तिब्र बल फ्याकेपनि विकेट झार्न सकिरहेका छैनन् । अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन वटा एकदिवसीय, तीन वटा ट्वेन्टी ट्वेन्टी र चार वटा टेस्ट क्रिकेट खेल्नेछ ।