८ मंसिर, एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ । आइतबार भएको खेलमा इन्टरले टोरिनोलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर इन्टरले जित निकालेको हो ।
इन्टरलाई जित दिलाउन लुकाकु, सान्चेज र मार्टिनेजले गोल गरे । जितसँगै इन्टरले ८ खेलमा १५ अंक जोडेको छ । इन्टर पाँचौं स्थानमा रहेका छन् ।
टोरिनो ५ अंक जोडेर १८ औं स्थानमा रहेका छन् ।