६ मंसिर, एजेन्सी । युभेन्ट्सले सिरि ए फुटबलमा शानदार जित निकालेको छ । शनिबार राति रोनाल्डो प्रेरित युभेन्ट्सले काग्लियारीलाई २–० गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा दुवै गोल रोनाल्डोले गरे ।
खेलको ३८ औं मिनेटमा अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै पहिलो गोल गरेका रोनाल्डोले पहिलो हाफ सकिन तीन मिनेट अघि दोस्रो गोल थपेका थिए ।
सोही गोल युभेन्ट्सलाई सिरि ए फुटबलमा सहज जित निकाल्न पर्याप्त बन्यो । जितसंगै युभेन्ट्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
उसले एसी मिलान लगत्तै आफुलाई दोस्रो स्थानमा राखेको हो । रोनाल्डोले मिलानका ज्लाटन इब्राहिमोविचको यस सिजनको सर्वाधिक ८ गोलको संख्यालाई समेत बराबरी गरेका छन् ।