६ मंसिर, एजेन्सी । इर्लिङ हालाण्डले ह्याट्रिक गरेपछि बोरुसिया डर्टमण्डले बुन्डेसलिगामा हेर्था बर्लिनलाई हराएको छ । शनिबार भएको खेलमा हालाण्ड प्रेरित डर्टमण्डले घरेलु टोली हेर्था बर्लिनलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
हालाण्डले यस सिजन देश र क्लबका लागि १७ खेलमा २१ गोल गरेका छन् । हालाण्डले १५ मिनेटका अन्तरमा ह्याट्रिक गर्दै डर्टमण्डलाई सहज अवस्थामा पुर्याएका थिए । डर्टमण्डले जितसंगै शीर्ष स्थानको बायर्न म्युनिखसंग अंक दुरी घटाएको छ ।
शनिबारमात्रै बायर्नले भेरडाआ ब्रेमेनसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । राफेल गुएरेइरोले डर्टमण्डका लागि एक गोल थपेका थिए ।