काठमाडौँ । लकडाउन भएपनि ग्रीष्म ऋतुको आफ्नै सुन्दरता छ । धेरै गर्मी हुने ऋतुका रुपमा ग्रीष्म ऋतु परिचित भएपनि यो बसन्त ऋतुपछिको सुन्दरताको समय पनि हो । बसन्त ऋतुमा पलाएका पालुवा र फुलका पुष्पगुच्छाहरु ग्रीष्म ऋतुमा फुल्ने र फैलिने हुन्छन ।
यही मौसममा काठमाडौँका धेरै फूलहरु ढकमक्क फुलेका छन । बसन्तजस्तो रमाइलो नमानिएपनि ग्रीष्म ऋतुमा हरियालीको कमी हुदैन । फूलहरुमा पनि अनौठो रंग दिने फूलहरुको बर्चश्व ग्रीष्म ऋतुमा हुन्छ । जसलाई नजिकबाट नियाल्न मात्रै होइन, टाढैबाट हेरेर पनि सुन्दरताको मज्जा लिन पाइन्छ ।
बसन्त हुँदै ग्रीष्म ऋतुमा फूलेका केही फूलहरुलाई हामीले यसपटक क्यामेरामा कैद गरेका छौ । जुन फूलहरु बोल्दैनन्, तर मज्जासँग मुस्कुराउँछन ।