काठमाडौ । संघीय संसदका सभामुख, सरकारका मन्त्रीदेखि सांसदहरुको बिहीबार स्वाब संकलन गरिएको छ ।
संसद भवन नयाँ बानेश्वरमा गरिएको स्वाब संकलनमा सभामुख अग्नि सापकोटा, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे, कांग्रेस सभापति शेरबहादुर देउवा, सांसद कोमल वली पुगेका थिए ।
सांसदहरुको स्वाब संकलनका क्रममा मुख खोलेर घाटीबाटै नमुना संकलन गर्दा नेताहरुलाई त गाह्रो परेको होला नै । बुढेसकालका नेता तथा सांसदको स्वाब संकलन गर्न स्वास्थ्यकर्मीलाई पनि हम्मे हम्मे परेको फोटोमा देखिन्छ ।
सबै फोटो : राष्ट्रिय समाचार समिति