धनुषा, ३१ बैशाख । मंगलबार धनुषाका एक जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ। प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार धनुषामा देखिएका दुई जना कोरोना संक्रमितमध्ये एक जना पत्रकार रहेको छ।
धनुषा र महोत्तरीमा गरी मंगलबार चार जनामा कोरोना देखिएको थियो। उनीहरूलाई उपचारका लागि जनकपुरधामनस्थित प्रादेशिक अस्पतालमा पुर्याइएको छ।
संक्रमित भेटिएका ठाउँ सिल गर्ने र कन्ट्याक्ट ट्रेसिङको काम गरिने प्रशासनले जनाएको छ। यसअघि पर्सामा मंगलबार भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार थिए।