यतिबेला फिल्मी नगरीमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले रोमान्टिक नायक पल शाह र प्रदीप खड्कासँग रोमान्स गर्ने चर्चा छ । ‘प्रेमगीत’ सिरिज निर्माण गरिरहेका निर्माता सन्तोष सेनले फिल्म ‘हुतुतु’मा साम्राज्ञीलाई अफर गरेका छन् ।
उनीसँग निर्माण टिमको एक चरण कुराकानी भइसकेको छ । उनलाई आफ्नो भूमिका मन परेको छ भने फिल्म गर्न सकारात्मक देखिएकी छन् । तर, फिल्मका लागि पर्याप्त समय दिनुपर्ने भएकाले अहिले नै कुनै निश्चित नभएको निर्माता सन्तोष सेन बताउँछन् । एक महिना फिल्मका हरेक पुरुष पात्रसँग वर्कसप गर्नुपर्ने भएकाले साम्राज्ञीको समय महत्त्वपूर्ण रहने उनको भनाई छ ।
उनी भन्छन्, ‘फिल्ममा अभिनेत्रीको भूमिका निकै चुनौतीपूर्ण छ । एक जना मात्र अभिनेत्री हुने भएकाले फिल्मका लागि पर्याप्त समय दिनुपर्ने हुन्छ ।
सन्तोष सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्ने फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहारीको मुख्य भूमिका रहनेछ । फिल्मको पटकथामा ‘कमेडी च्याम्पियन’ का विजेता हिमेश पन्तले निर्देशक गुरुङलाई सघाइरहेका छन् । उनको पनि फिल्ममा अभिनय हुनसक्ने सम्भावना बलियो छ ।